शोभा अधिकारी
विजयराज आचार्य नेपाली बालसाहित्यका क्षेत्रमा एक सशक्त हस्ताक्षर हुन् । वि.स. २०३३ साल माघ ९ गते दाङबाङ–४ प्युठानमा जन्मिएका आचार्य विगत डेढ दशकदेखि बालसाहित्यका क्षेत्रमा सक्रिय देखिन्छन् । साहित्य लेखन र प्रकाशनलाई आÇनो मुख्य कर्म बनाएर अघि बढिरहेका आचार्यलाई मूलतः बालसाहित्यकार र प्रकाशकका रूपमा चिनिन्छ । सामाजिक विकृति, विसङ्गति, थिचोमिचो, शोषण, अन्याय र अत्याचारलाई आÇनो लेखनको विषयवस्तु बनाउन उनी रुचि राख्दछन् । गरिब, पिछडिएका, अपाङ्ग, दुःखी, दलित र शोषित बालबालिकाका आवाजलाई प्रस्तुत गर्नु विजयको लेखनगत प्राप्ति हो । आÇना बालपुस्तकहरू मार्फत् बालबालिकालाई कर्म र सुधारको सन्देश दिने आचार्यका बालकृतिहरू बालबालिकाका लागि उपयोगी र प्रेरणादायी पनि छन् ।
ग्रामीण किसान परिवारमा जन्मिएका आचार्य सानैदेखि मेहनती र जुझारु स्वभावका थिए । बाल्यावस्थादेखि नै सामाजिक कुरीतिका विरुद्ध सक्रिय भई उत्रिएका विजयले गाउँमा गाइ गोठालो गर्दै निकै कष्टका साथ आÇनो अध्ययनलाई निरन्तरता दिएका हुन् । बाल्यवस्थादेखि नै सामाजिक विकृति र रुढीग्रस्त विचारहरूलाई तोड्दै र समुन्नत समाज निर्माणका पक्षमा वकालत गर्दै हिँडेका आचार्य व्यवहारिक रूपमा पनि त्यसै अनुरूप अघि बढेका छन् । सानैदेखि सङ्घर्षपूर्ण जीवन व्यतित गरेका विजय पत्रिकाको हकर भारतका विभिन्न स्थानका मजदुर, नेपालका विभिन्न कार्यक्रम भएका ठाउँमा झोलाभरी किताब बोक्दै हिँड्ने पुस्तक विक्रेता हुँदै आज एक प्रतिष्ठित प्रकाशन गृहका सञ्चालक बनेका छन् । त्यो उनको आफनै आँट, धैर्यता, मेहनत र कामप्रतिको उत्तरदायित्व बोधका कारण प्राप्त भएको पहिचान हो ।
नेपालमा बालसाहित्यका क्षेत्रमा उल्लेखनीय प्रगति भएको देखिदैन । निकै कम साहित्यकारहरू मात्र यसमा दत्तचित्त भएर लागिरहेका छन् । तर, पछिल्लो समयमा आछएर साहित्यकारहरूले बालसाहित्यका क्षेत्रमा जागरुकता देखाउन थालेका छन् । बालसाहित्यलाई माथि उठाउने अभिलाषाका साथ लामो समयदेखि सङ्घर्ष गर्ने व्यक्तिहरूमा विजयराज आचार्य अग्रपङ्क्तिमा पर्दछन् । डेढ दशकको साहित्य यात्रामा उनले करिब दुई दर्जन बालसाहित्यका कृतिहरू बजारमा ल्याइसकेका छन् । सरल भाषामा बालबोलीलाई जस्ताको तस्तै प्रस्तुत गर्दै चित्रकथा, कथा, जीवनी, गीत, कविता, उपन्यास, अन्तर्वार्ता र नाटक आदि सबै विधामा कलम चलाएका आचार्य विदेशी बालसाहित्यलाई नेपालीमा अनुवाद गर्नमा पनि निकै दख्खल मानिन्छन् । बालसाहित्यलाई प्रवद्धर्न गर्न अदम्य उत्साह साथ अघि बढिरहेका विजयराज आचार्य र उनको विवेक सिर्जनशील प्रकाशन प्रा.लि.ले गरेका कामहरूलाई हामी सबैले साधुवाद गर्नै पर्दछ । समाजका शोषित, पीडित र अपहेलित व्यक्तिहरूलाई आÇना सृजनाका पात्र बनाउने विजयले ती बालबालिकाका आर्थिक, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक पक्षलाई निकै सूक्ष्म ढङ्गले, एउटा नयाँ पुलको निर्माण (०५७), चम्किला चौध कोपिला (२०६०), शान्तिको आत्मकथा (२०५९), झमककुमारी (२०६०), खरायोको पुच्छर किन छोटो भयो ? (२०५९), विश्व प्रसिद्ध बालकथाहरू खण्ड ६ र ७ (०६१,०६२), परिवर्तन (२०६०), नयाँ बस्ती (२०६१), उज्यालोको खोजीमा (२०६१), हाम्रो आवाज (२०६१), कान्छाकुमार कर्माचार्य (२०६३), केवलपुरे किसान (२०६१), कृतज्ञबाघ (२०६२), प्रसिद्ध चिनियाँ बालकथाहरू (२०५८), प्रसिद्ध चिनियाँ बालकथा खण्ड १,२,३, (०६३,०६४,०६५), डल्फिनको रमाइलो कथा (२०६२), पञ्चतन्त्रका रमाइला कथाहरू (२०६५), परी (२०६५), लगायतका मौलिक तथा अनुदित कृतिहरू प्रकाशित छन् ।
मौलिक तथा अनुदित दुवै बालसाहित्यका क्षेत्रमा विशिष्ट पहिचान बनाएका विजयका अनुदित बालकृतिहरू बालहित र बालप्रेरणाका दृष्टिबाट समय सापेक्ष देखिन्छन् । बालबालिकाहरूका लागि जीवनोपयोगी, प्रेरणादायी र अजम्बरी विदेशी साहित्यका चर्चित बालकृतिहरू नेपाली बालबालिकाको समीपमा ल्याउनका लागि उनले गरेको प्रयास सह्रानीय देखिन्छ । विजयले हालसम्म भारतीय, चिनियाँ, रुसी र जापानी बालसाहित्यका कृतिहरूलाई नेपालीमा रूपान्तर गरेका छन् । उनको अनुवादन कला, शैली, शिल्प र प्रस्तुतीकरण पनि प्रशंसा योग्य छ । विश्वका जुनसुकै भाषाबाट अनुवादन गरिएका कृति किन नहुन् तिनमा बालबालिकालाई अस्पष्ट लाग्ने कुनै पनि कुरा हुँदैनन् । सबै अनुदित कृतिहरू बालबालिकालाई मौलिक प्रतीत लाग्ने छन् । यो उनको भाषागत दक्षता र नेपाली बालबालिकाको मस्तिष्कलार्य राम्रोसँग बुझ्न सक्ने क्षमताको उपज हो ।
विजयराज आचार्यका हालसम्म प्रकाशित अनुदित बालसाहित्यिक पुस्तकाकार कृतिहरू यसप्रकार रहेका छन् ।
१. बाल बगै“चा
बाल बगैँचा विजयराज आचार्यको पहिलो बाल अनुवाद कृति हो । चिनियाँ भाषाबाट अनुवाद गरिएको यसमा पाँच सचित्र बालकथा छन् । ‘बाल बगैँचा’ शीर्षकको शीर्ष कथाका अतिरिक्त सामूहिक भावना, सामूहिक चेतना, पुलको नमुना र सामूहिक काम शीर्षकका कथाहरू रहेका छन् । कृतिमा केटाकेटीलाई बाल बगैँचा लगाउन चाङ् काकीले प्रेरणा दिएको केरा, केटाकेटीले गोलभेडा फलाएका कुरा, सङ्गठनका कुरा र समुदायको सेवा गर्ने जस्ता कुरालाई रोचक ढङ्गले अभिव्यक्ति गरिएको छ । साथै बालबालिकाहरूलाई विपतमा नआत्तिन, समस्याहरूका लागि जीवनोपयोगी मानिएको यस कृतिमा श्रमप्रति उच्च सम्मान गर्दै आपसी सहयोगी सद्भाव र सामूहिक भावनालाई मुख्य काव्य बनाएको छ । विवेक सिर्जनशील प्रकाशन प्रा.लि. द्वारा २०५७ मा प्रकाशित यस कथा सङ्ग्रहको २०५९ मा दोस्रो संस्करण पनि प्रकाशित भएको छ ।
२. एउटा नया“ पुलको निर्माण
एउटा नयाँ पुलको निर्माण विजयको अर्को अनुवाद कृति हो । चिनियाँ बालकथाको अनुदित सङ्ग्रह यस सचित्र बालकथाका मूल लेखक वान युन हुन् । छान युङ–छनका सुन्दर चित्रले सजिएको यस पुस्तकमा वन्यजन्तुहरूको बेग्लै रमाइलो संसार छ । जङ्गली कन्दुल ओसार्ने, काठेपुल, नदीमा आएको पानीको वेगले बगाएपछि छुट्टाछुट्टै सीप भएका लोखर्के, खरायो, बाँदर र हात्तीले नयाँ पुलको निर्माण गरेका छन् । स्याल तिनीहरूको काममा भाँजो हाल्ने दुष्ट प्रवृत्तिको भए पनि उसको कुकृत्य थाहा पाएपछि ती चारमा झनै बलियो एकता हुन्छ । यसरी सबै जना एकजुट भएर काम गरेमा जतिसुकै कठिन काम पनि सहज ढङ्गमा गर्न सकिन्छ भन्ने कुरालाई यस पुस्तकमा निकै रोचक र मार्मिक ढङ्गमा प्रस्तुत गरिएको छ । कथाको अन्त्यमा बदमास स्याललाई सजाय दिइएको देखाएर अरूलाई दुःख दिनेहरूको दुःखत अन्त्य हुने शिक्षा बालबालिकालाई दिएको छ । २०५८ सालमा विवेक सिर्जनशील प्रकाशन प्रा.लि.द्वारा प्रकाशित यो कृतिको लोकप्रियताका कारण वि.स. २०५९ मा दोस्रो संस्करण समेत प्रकाशित भएको छ ।
३. खरायोको पुच्छर किन छोटो भयो ?
‘खरायोको पुच्छर किन छोटो भयो ? विजयराज आचार्यको सचित्र चिनियाँ बालकथाको अनुदित किताब हो । यसका मुल लेखक श्वी क्वाङयवी र चित्रकार ल्यू चिलू हुन् । यस कथामा आÇनो अल्छीपनले खरायोले पाएको धोकाको रोचक वर्णन गरिएको छ । कथामा पुच्छर उत्पत्तिको कुरालाई अत्यन्त रमाइलो ढङ्गमा प्रस्तुत गरिएको छ । एक दिन जङ्गलका राजा सिंहले पुच्छर बनाएर लगाउँदा आपूmलाई धेरै राम्रो भएको महसुस गर्दछ र सबै जङ्गली जनावरलाई पुच्छर लगाउने आदेश दिन्छ । त्यसपछि सबै सिंह कहाँ पुच्छर लिन जान्छन् तर खरायो भने अर्काको भरमा परेर बस्छ र उसले पुच्छर पाउँदैन । संयोगवश कुकुर र बिरालोको झगडा हुँदा कुकुरले बिरालोको पुच्छरको टुप्पो चुँडाइदिन्छ अनि खरायोले त्यही पुच्छर ल्याएर टाँस्छ । त्यसैले उसको पुच्छर छोटो भएको रे भन्दै कथामा आÇनो काम आफैँ नगरी अर्काले गरिदेला भनेर बस्नेहरूको अवस्था कस्तो हुन्छ भन्ने सन्देश खरायो मार्फत दिइएको छ ।
४. विश्व प्रसिद्ध बालथकाहरू (खण्ड ६)
यो विजयराज आचार्यको अर्को एक अनुदित बालकृति हो । यस पुस्तकमा चीनका दुईवटा, भारत, रुस र जापानका एक–एक वटा सचित्र बालकथाहरूलाई समावेश गरिएका छन् । साथै नेपाली बालसाहित्यकार रमेश विकलको बालकथा ‘गौथलीको घर’ पनि यसभित्र समेटिएको छ । यस सङ्ग्रहका कथाहरू विदेशी भाषाबाट अनुवाद भएको भए पनि नेपाली परिवेश अनुसार प्रस्तुत गरिएकाले यसभित्रका कथाहरू बालÞदय छुने खालका छन् । विश्व बालसाहित्यका कृतिहरू नेपालीमा अनुवाद गरी नेपाली बालबालिकाहरूलाई विश्व साहित्य चिनाउन अनुवादक आचार्यको यो पहललाई सह्राना गर्नै पर्दछ । सङ्ग्रहका सबै कथाहरू शिक्षाप्रद, ज्ञानबद्र्धक र बालरुचि अनुरूपका छन् । विवेक सिर्जनशील प्रकाशन प्रा.लि.द्वारा २०६१ मा प्रथम पटक प्रकाशित यसले २०६४ मा दोस्रो संस्करणमा प्रकाशित हुने अवसर पायो ।
५. प्रसिद्ध चिनिया“ बालकथाहरू
चिनियाँ बालसाहित्यमा प्रसिद्धि कमाइसकेका बालबथाहरूलाई नेपालीमा अनुवाद गरेर प्रस्तुत गरिएको पुस्तकको नाम हो ‘प्रसिद्ध चिनियाँ बालकथाहरू’ । यस किताबमा जम्मा तीनवटा सचित्र बालकथाहरूलाई प्रस्तुत गरिएका छन् । यो तीन अनुवादकले संयुक्तरूपमा अनुवाद गरेको कृति हो । जसमध्ये ‘आज मेरो कामको पालो’ विजय चालिसेका अनुवाद गरेका छन् भने अन्य दुई कथाहरू विजयराज आचार्य र महेश पौडेलले अनुवाद गरेका हुन् । यो कथा सङ्ग्रह सिर्जनशील प्रकाशन मार्फत् प्रकाशित भएको हो ।
६. विश्व प्रसिद्ध बालकथाहरू (खण्ड ७)
विजयराज आचार्यद्वारा अनुदित विश्वप्रसिद्ध बालकथाहरूको खण्ड ७ मा विभिन्न भाषाका पाँचवटा कथाहरू समावेश छन् । सचित्र बालकथाको यस किताबमा भारतीय एक, फ्रान्सेली दुई, जर्मनीका एक बालकथाहरू रहेका छन् भने नेपाली लेखक खगेन्द्र सङ्ग्रौलाको ‘उकालीको कथा’ शीर्षकको कथालाई पनि राखिएको छ । यस सङ्ग्रहका कथाहरूले बालबालिकालाई देशभक्ति, इमान्दारिता, चतु¥याई, बुद्धिमता, आँट र साहसले मान्छेलाई उच्च एवम् महान् बनाउने कुरातर्फ मार्गनिर्देश गरेका छन् । यो कथा सङ्ग्रहलाई २०६४ सालमा विवेक सिर्जनशील प्रकाशन प्रा.लि.ले प्रकाशन गरेको हो ।
७. प्रसिद्ध चिनिया“ बालकथा (खण्ड १)
चिनियाँ साहित्यबाट नेपालीमा रूपान्तर गरिएको यस पुस्तकका मूललेखक हवाङ इपो र कङ सओचुङ हुन् । त्यसैगरी किताबभित्रका चित्रहरू चुसिनच्येन र लु वेइ र चाङ वानचिले तयार पारेका हुन् । यसभित्र तीन जना केटीहरू र पान्डाले बाँदरको फोटो खिच्यो दुईवटा सचित्र बालकथाहरू रहेका छन् । जम्को प्रकाशनबाट प्रकाशित यो पुस्तक नेपाली बालबालिका माझ निकै लोकप्रिय देखिन्छ । यस कृतिका कथाहरूले बालबालिकालाई साथीहरूसँग सधै मिलेर बस्नुपर्ने सन्देश दिएका छन् ।
८. प्रसिद्ध चिनिया“ बालकथा (खण्ड २)
चिनियाँ बालकथाकारहरू फु ईथ्वान, च्याङ वनछिङ र लिन वनस्याओद्वारा लिखित प्रसिद्ध चिनियाँ बालकथा सङ्ग्रह विजयराज आचार्यद्वारा अनुदित एक बाल पठनीय कृति हो । ली क्वोईको चित्र सज्जामा तयार भएको यसको प्रकाशन जम्को प्रकाशनले गरेको हो । यसभित्र गुडिया स्याओमेइले रातमा चिडियाघर हेरिन्, र शीत छेक्ने कोट शीर्षकका दुईवटा कथाहरू छन् । बालबालिकाहरूलाई निकै रमाइलो लाग्ने यी दुई कथाहरूले विशेषत जङ्गली जनावरहरूलाई केन्द्रविन्दु बनाएका छन् । पहिलो कथामा चिडियाघरका जनावरहरू रातमा के गर्छन् ? उनीहरूमध्ये कोही रातमा सुत्ने त कोही रातमा उठ्ने किन गर्छन् ? उनीहरूले कसरी श्वास फेर्छन् ? किन सर्प र माछा आँखा खोलेर सुत्छन् ? उनीहरूले कसरी श्वास फेर्छन् ? किन सर्प र माछा आँखा खोलेर सुत्छन् ? जनावरहरू कसरी खाना खान्छन् ? लगायतका थुप्रै जनावरहरूका जीवन पद्धतिका बारेमा बालबालिकाहरूलाई तथ्यपूर्ण जानकारी प्रस्तुत गराइएको छ । शीत छेक्ने कोट शीर्षकको अर्को कथामा जोडोको समयमा अल्छी गरेर लामो समयसम्म सुत्नुको सट्टा उठेर केही परिश्रम र मेहनतका कामहरू गरेमा शारीरिक कसरत भई जाडो आफसेआफ भाग्दछ भनेर बालबालिकालाई पूmर्तिलो, जाँगरिलो र परिश्रमी बन्न सन्देश प्रदान गरिएको छ । यस पुस्तकका दुवै कथाहरू सन्देशमूलक र बालचित्ताकर्षक छन् ।
९. प्रसिद्ध चिनिया“ बालकथा (खण्ड ३)
मूल लेखक चिनचिन र याङ छुनछिङको प्रसिद्ध चिनियाँ बालकथा लाई अनुवादक विजयराज आचार्यले नेपाली परिवेश अनुसार ढालेका छन् । पुस्तकलाई याङ–च, तिङ रुङ–लिन र युवक श्रेष्ठका चित्रहरूले थप उल्लेख्य बनाएका छन् । यसभित्र साना माछाहरूले नागद्वार नाघे र रमाइलो बालदिवस शीर्षकका दुइवटा कथाहरू छन् । सङ्ग्रहका कथाहरूले आँट र साहस भएमा जस्तोसुकै असहज काम पनि सहज लाग्छ भन्ने एउटा सन्देश प्रदान गरेको छ भने राम्रो काम गर्ने व्यक्तिलाई सबैलाई माया गर्छन् भन्ने अर्को सन्देश प्रदान गरेको छ । कथाहरू पढ्दा निकै आनन्द लाग्छ र मनोरञ्जन पनि उत्तिकै प्राप्त हुन्छ । समग्रमा यो कथा सङ्ग्रह बालचित्ताकर्षक र सन्देशमूलक छ । यो कथा सङ्ग्रहको प्रकाशन पनि विवेक सिर्जनशील प्रकाशन प्रा.लि. ले नै गरेको हो ।
१०. डल्फिनको रमाइलो कथा
डल्फिनको रमाइलो कथा बाल साहित्यकार विजयराजको अर्को सफल एवम् चर्चित बाल अनुदित पुस्तक हो । च्याङ छङ आनले सम्पादन तथा चित्राङ्कन गरेका यो कथालाई वि.स. २०६२ मा अनुप आचार्य र मीना पौडेलले प्रकाशन गरेका हुन् । यस कथामा विश्वप्रसिद्ध समुद्री जीव डल्फिनका बारेमा कथात्मक रूपमा बालबालिकाहरूलाई जानकारी प्रदान गरिएको छ । देख्दा माछा जस्तै देखिने समुद्री स्तनपायी जीवन डल्फिनले यस कथामा आप्mना बारेमा सबैकुरा सविस्तार प्रस्तुत गरेको छ । डल्फिनको शक्ति, उसको बेजोडको दिमाग, खानपान र तीक्ष्ण बुद्धिका बारेमा यो कथाबाट नेपाली बालबालिकाहरूले धेरै ज्ञान प्राप्त गर्न सक्ने उद्देश्यका साथ आचार्यले यसलाई नेपालीमा अनुवाद गरेका हुन् । नेपाली परिवेश भन्दा निकै टाढा पाइने एक मूल्यवान जीव डल्फिन बालबालिकाहरूलाई प्रत्यक्ष आÇनै आँखा अगाडि देखे झैँ गराइदिन सक्नु आचार्यको कौशल मानिन्छ । आकर्षक ढङ्गमा डल्फिनकै बोलीलाई सचित्र प्रस्तुत गरिएको यस कथाबाट नेपाली बालबालिका लाभान्वित बनेका छन् ।
११. कृतज्ञ बाघ
यो विजयराज आचार्यद्वारा अनुदित सचित्र चिनियाँ बालकथा हो । मूल लेखक वाङ पो रहेका यस किताबका चित्रहरू ल्याङ फेइलुङले बनाएका हुन् । वि.स. २०६२ सालमा अनुप आचार्य र विष्णुकुमार पौडेलले प्रकाशन गरेका यस किताबमा एकजना प्रतिष्ठित डाक्टर र उनले थाहै नपाई बघिनीको उपचार गरेर निको बनाएको प्रसङ्गलाई कथाका रूपमा प्रस्तुत गरिएको छ । आपूmले मान्छे ठानेर उपचार गरेका तिनै बाघले ब्वाँसोको सिकार हुनबाट आपूmलाई बचाएको कथा अत्यन्त चित्ताकर्षक र रोचक छ । बालबालिकाको मनोरञ्जनलाई प्राथमिकता दिँदै लेखिएको यस चित्रकथामा असल काम गर्नेहरूलाई जस्तोसुकै क्रुर व्यक्ति वा जनावरहरूले पनि सम्मान गर्छन् भन्ने सन्देश प्रवाहित गरिएको छ ।
१२. रमाइला चिनिया“ बालकथाहरू
यो कृतिमा विजयराज आचार्यका पूर्व प्रकाशित चिनियाँ बालकथाका किताबहरूलाई एउटै बनाएर प्रस्तुत गरिएको छ । वि.स.२०६३ सालमा विवेक सिर्जनशील प्रकाशन प्रा.लि.द्वारा प्रकाशित यो कथासङ्ग्रहमा सबै पूर्व प्रकाशित कथाहरूलाई एकत्रित गर्ने काम भएको छ ।
१३. पञ्चतन्त्रका रमाइला कथाहरू
पञ्चतन्त्रका रमाइला कथाहरू विजयराज आचार्यको अर्को चर्चित अनुदित बालकृति हो। पञ्चतन्त्रका निकै रमाइला र उपदेशमूलक कथाहरूलाई प्रस्तुत गरिएको यस कथाकृति बालबालिकाहरूलाई नीति, उपदेश, ज्ञान र शिक्षाका अतिरिक्त मनोरञ्जन पनि प्रदान गर्ने किसिमको छ । विश्वका विभिन्न मुलुकका बालबालिकाहरू माझ निकै लोकप्रिय बनेका पञ्चतन्त्रका कथाहरूलाई नेपाली बालबालिकाहरूका लागि प्रस्तुत गरेर अनुवादक आचार्यले निकै उल्लेखनीय काम गरेका छन् । आकर्षक आवरण कलाले भरिएको यस बालकथासङ्ग्रहमा कुल २८ वटा कथाहरू सङ्ग्रहीत छन् । लोकप्रिय बुक्स काठमाडौँद्वारा वि.स. २०६५ सालमा प्रकाशित यस पुस्तकका सबै कथाहरू बालबालिकाहरूको मानसिकतालाई प्रभाव पार्ने किसिमका छन् । सङ्ग्रहका कथाहरूले एकातिर बालबालिकालाई असल र ज्ञानवान बन्न अभिप्रेरित गरेका छन् भने अर्कोतिर धूर्त र बदमासहरूको पतन देखाएर गलत विचार राख्नेहरू आफै असफल हुन्छन् भन्ने सकारात्मक सन्देश प्रवाहित गरेका छन् ।
१४. परी
भारतीय साहित्यका प्रख्यात साहित्यकार रवीन्द्रनाथ टैगोरका उत्कृष्ट बालकथाहरूको सङ्गृहीत कृति परी बालसाहित्यकार विजयराज आचार्यले अनुवाद गरेको एक उत्कृष्ट बालकृति हो । वि.स. २०६५ सालमा बुक प्यालेसले प्रकाशन गरेको यस पुस्तकमा युवक श्रेष्ठका आकर्षक चित्रहरूलाई समावेश गरिएको छ । चित्र र कथाहरूको सामञ्जश्यताका कारण सम्पूर्ण कथाहरू बालबालिकाहरूका लागि सहज बोधगम्य बनेका छन् । निकै आकर्षक आवरणमा तयार पारिएको यस पुस्तकमा ६ वटा कथाहरूलाई स्थान दिइएको छ । ‘मुसाको भोज’, ‘सुगाको कथा’, ‘शिबुराम’, ‘परी’, ‘म्यानेजर बाबु’ र ‘दाइजो’ शीर्षकमा रहेका यी कथाहरूले बालबालिकाहरूलाई असल आचरणको व्यक्ति बन्न सन्देश प्रदान गरेका छन् । अर्कालाई ढाँटेर र छलेर अघिबढ्नेहरू स्वयम् एकदिन लज्जाजनक स्थितिमा पुग्ने कुरा कथामार्फत उजागर गरेर यस पुस्तकले बालबालिकाहरूलाई सधैँ असल र सकारात्मक कामतर्फ मात्र लाग्नका लागि प्रेरणा प्रदान गरेको छ । त्यसैगरी धन सम्पत्ति र शक्तिको घमण्ड कहिल्यै नगर्न पनि बालबालिकाहरूलाई कथाका माध्यामबाट आग्रह गरिएको छ । समग्रमा भन्नुपर्दा अनुवादक आचार्यले निकै रोचक, मर्मस्पर्शी र बाल मानस्पटलमा सहज प्रभाव पार्न सक्ने कथाहरू समाहित परी पुस्तकको अनुवाद गरेर नेपाली बालबालिकाहरूका लागि एउटा सकारात्मक पहल गरेका छन् ।
१५. लियो टाल्सटायका उत्कृष्ट बालनाटकहरू
विजयराज आचार्यद्वारा अनुदित यस बाल नाट्यसङ्ग्रहमा मूलतः रुसी जीवनशैली र सांस्कृतिक पक्षलाई झल्काउने नाटकहरूलाई स्थान दिइएको छ । विश्वप्रसिद्ध रुसी साहित्यकार लियो टाल्सटायका मौलिक नाटकहरूलाई नेपाली भाषामा अनुवाद गरेर अनुवादक आचार्यले नेपाली बालबालिकाहरूका लागि नौलो खुराक पस्किएका छन् । कुल २० वटा नाटकहरू सङ्गृहीत यस नाट्य कृतिलाई रवि बस्नेतका सुन्दर चित्रहरूले थप आकर्षक बनाएका छन् । बालबालिकाहरूलाई नैतिक र उपदेशमूलक शिक्षा दिएर सकारात्मक गोरेटोतर्फ लाग्न अभिप्रेरणा दिने उद्देश्यले लेखिएका सङ्ग्रहका नाटकहरूमा नीति, धर्म र कानुनका विषयवस्तुहरूलाई महŒव दिइएको छ । विवेक सिर्जनशील प्रकाशन प्रा.लि. २०६५ जेठमा प्रथम पटक प्रकाशित यस पुस्तकले नेपाली बालबालिकाहरूका माझको लोकप्रियताकै कारण २०६५ चैत्र महिनामा नै दोस्रो संस्करणका रूपमा प्रकाशित हुने मौका पाएको छ । बालबालिकाहरूलाई विवेकशील, ज्ञानवान्, सत्चरित्रवान्, परिश्रमी, सहयोगी र अनुशासित बन्नका लागि आचार्यको यो अनुदित कृतिले महŒवपूर्ण भूमिका निर्वाह गर्ने देखिन्छ ।
विजयराज आचार्यका उपयुक्त अनुदित बालकृतिहरूका साथसाथै अन्य थुप्रै मौलिक कृतिहरू पनि प्रकाशित भएका छन् । आचार्यका बालकथा, बालकविता, बालउपन्यास, बालअन्तर्वार्ता, बाल जीवनी लगायतका विधाका पुस्तकहरू प्रकाशित छन् । साथै उनका केही बालकृतिहरू प्रकाशोन्मुख अवस्थामा रहेका छन् । आÇना कृति मार्फत् उनले नेपाली बालबालिकाका लागि सुन्दर भविष्य रेखा कोरिदिएका छन् । सामाजिक उत्पीडन, कुसंस्कार र रुढिवादी विकृतिहरूका कारण आपूmभित्र रहेका अनगिन्ती सम्भावनाहरू त्यसै मारेर बस्न विवश बालबालिकाका प्रतिभाहरू पहिचान गरेर पाठकमाझ सार्वजनिक गर्न विजय खप्पिस मानिन्छन् । करिब डेढ दशक लामो बालसाहित्यिक यात्रा पार गरिसकेका विजयभित्र बाल मानस्पटललाइृ सहज ढङ्गमा छाम्न सक्ने अनौठो खुवी पनि छ । जसका कारण थुप्रै बालकृतिहरू प्रकाशन गर्न सक्षम विजय आज नेपाली बालबालिका माझ निकै लोकप्रिय बनिसकेका छन् । बालसाहित्यका क्षेत्रमा थुप्रै उल्लेखनीय काम गरिसकेको आचार्यको बाल साहित्य अनुवादमा भेटिने प्रवृत्तिहरूलाई यसप्रकार औल्याउन सकिन्छ ः
१. अनुवाद कलामा कुशलतापूर्वक कलम चलाई नेपाली बालबालिकालाई विश्वसाहित्यका चर्चित कृतिहरूको पठन गर्ने मौका दिलाउने विजयको प्रयासलाई नेपाली बालसाहित्यमा एउटा पृथक अध्याय मानिन्छ ।
२. बालबालिकामा प्रेरणा, साहस, धैर्यता, वीरता र राष्ट्रप्रेम भरिदिने खालका विश्व साहित्य अनुवाद गरेर नेपाली बालबालिकालाई राष्ट्रप्रेमप्रति जागरुक बनाउने विजयको चाहनाभित्र उनको राष्ट्र प्रेमको उचाइ नाप्न सकिन्छ ।
३. विश्व परिवेशका विभिन्न बौद्धिक र चामत्कारिक रहस्यहरू नेपाली बालबालिकामा भरिदिएर उनीहरूको मनमस्तिष्कलाई पनि त्यस्तै बौद्धिक र चनाखो बनाउने काम विजयले पुस्तकहरू मार्फत् गरेका छन् ।
४. विश्वका जुनसुकै भाषामा प्रकाशित पुस्तकहरू किन नहुन् सरल, रोचक र हृदयसंवेद्य शैलीमा प्रस्तुत गर्नु उनको कलात्मक सक्षमताको उपज हो । अनुदित कृतिहरूलाई बालमनोविज्ञान र बालस्तरको अनौपचारिक लेखन शैलीबाट पाठक माझ प्रस्तुत गर्नु विजयको अर्को चातुर्य हो ।
५. विजयको अनुवाद कला, शैली, शिल्प र प्रस्तुतिमा पृथक र मनमोहक शैली भेट्टाइन्छ । विश्वका प्रभावशाली बालसाहित्यको अनुवादबाट नेपाली बालबालिकाको बौद्धिक र भावनात्मक विकासमा एउटा आधारस्तम्भ तयार पार्न उनले गरेको प्रयास सबैका लागि प्रेरणादायी बनेको छ ।
६. बालबालिकालाई मिहिनेती, चरित्रवान, साहसी, कर्मशील, अनुशासित र नैतिकवान् बन्न प्रोत्साहित गर्ने विश्व साहित्यका विविध विषयवस्तुहरूलाई नेपाली साहित्यमा अनुवाद गर्नुलाई उनको सत्कर्म मानिन्छ ।
विभिन्न विधाका मौलिक र अनुदित साहित्यिक कृतिहरू नेपाली बालसाहित्यलार्य दिएर यस क्षेत्रलाई समुन्नत पार्न साधानारत आचार्य नेपाली बालसाहित्यका बहुमुखी प्रतिभा हुन् । उनको अनुवाद कलामा प्रश्न उठाउने ठाउँ नभए तापनि भाषा, शैली र विचार सम्प्रेषणका क्रममा उनले आपूmलाई बालबालिका अनुकूल बनाउनुपर्ने देखिन्छ । कति ठाउँमा चित्र प्रयोग कथावस्तु अनुरूप मिल्न सकेका छैनन् । त्यस्तै उनको कथा सामग्रीको छनौटमा पनि पर्याप्त ध्यान दिन सकेका छैनन् । पुस्तकका केही ठाउँमा अशुद्ध वाक्यांश तथा शब्द प्रयोग भेट्टाइन्छ । तसर्थ विजयले भाषिक शुद्धतामा विशेष विचार पु¥याउनुपर्ने देखिन्छ । यस्ता केही नगण्य कमजोरीहरूलाई छाडेर भन्नुपर्दा विजयका अनुदित बालकृतिहरू नेपाली बालसाहित्यका क्षेत्रमा महŒवपूर्ण प्राप्ति हुन् । समग्र मूल्याङ्कनबाट के भन्न सकिन्छ भने करिब डेढ दशक लामो बालसाहित्य यात्राका क्रममा विजयराज आचार्यले नेपाली साहित्यका क्षेत्रमा सङ्ख्यात्मक र गुणात्मक दुवै दृष्टिकोणले महŒवपूर्ण योगदान पु¥याएका छन् । विश्वका विभिन्न देशका बालसाहित्यको नेपालीमा अनुवाद गर्नु उनको योगदानको एक पृथक पाटो हो । लामा समयदेखि बालसाहित्यका क्षेत्रमा सङ्घर्षरत आचार्यको भविष्यका योजनाहरूलाई नियाल्दा मात्र पनि यस क्षेत्रले उनीबाट अझ धेरै महŒवपूर्ण र ओजपूर्ण कृतिहरू पाइरहने अपेक्षा गर्न सकिन्छ ।