विवेक सिर्जनशीलका प्रो. विजयराज आचार्य प्रकाशन क्षेत्रमा चर्चित व्यक्तित्व हुनुहुन्छ । सुरुमा पत्रपत्रिका बेचबिखन कार्य गर्दै आउनुभएका उहाँले ०५४ सालदेखि प्रकाशन कार्यतिर हात हाल्नु भएको थियो । सुरुमा ‘जनताको सेवा गर’ भन्ने सानो पुस्तिका प्रकाशन गरी यस क्षेत्रमा हाम फाल्नुभएका उहाँले हाल माक्र्सवादी दर्शनशास्त्र, राजनीति एंव साहित्यसम्बन्धी दर्जनौँ पुस्तकहरू प्रकाशन गरिसक्नुभएको छ ।
बालबालिकामा पनि स्वच्छ वैचारिक चेतना जागरण गराउने उद्देश्यले केही समयपूर्वदेखि उहाँले बालप्रकाशन कार्य पनि आरम्भ गर्नुभएको छ । छोटो समयमा ४० भन्दा बढी बालउपयोगी पुस्तकहरू प्रकाशन गरी नेपाली बाल प्रकाशनकै क्षेत्रमा समेत अग्रपंक्तिमा उभिन उहाँ सफल हुनुभएको छ । आँट र मेहनत गरे के हुँदैन भन्ने कुराको शिक्षा उहाँको जीवन भोगाइले दिन सफल भएको छ । हामीले उहाँका तिनै सफलताका कथालाई लिपिबद्ध गर्न नसके पनि उहाँको सामान्य परिचय यहाँ प्रस्तुत गरेका छौँ ।
वातचित
तपाईको परिचय छोटकरीमा बताइ दिनोस् न ?
– मेरो नाम विजयराज आचार्य हो । म विवेक सिर्जनशील प्रकाशन प्रा.लि. नामक एक संस्था चलाइरहेको छु । मेरो जन्म २०३३ सालमा प्युठान जिल्लाको दाङवाङ गाविस–७ मा बुबा पिताम्बर आचार्य र आमा कलाको कोखबाट जन्मेको हुँ ।
प्रकाशन क्षेत्रमा कहिलेदेखि लाग्नुभयो ?
– २०५४ सालमा ‘जनताको सेवा गर’ भन्ने सानो पुस्तक प्रकाशन गरेर यस क्षेत्रमा लागेको हुँ । २०५७ सालदेखि चाहिँ संस्थागत रूपमै यस क्षेत्रमा लागेको हुँ ।
तपाईको प्रकाशन प्रा.लि.बाट कस्ता कस्ता पुस्तकहरू प्रकाशित हुने गर्छ ?
– बाल र प्रौढ साहित्य । राजनीति र दर्शनसम्बन्धी पुस्तकहरू । यस प्रकाशनबाट प्रगतिशील पुस्तकहरू मात्र प्रकाशन गर्ने गरिएको छ ।
प्रकाशन क्षेत्रमा नै किन लाग्नुभयो ?
– एस.एल.सी. गरेपछि मैले कि वकिल बन्ने कि पत्रकार बन्ने प्रण गरेको थिएँ । ती दुई इच्छामध्ये पत्रकार बन्ने इच्छा ममा बढी हावी भयो र यस क्षेत्रतर्फ लागेँ । कामको सिलसिलामा मैले पत्रिका बेच्ने काम गरेँ । त्यो कामले मलाई यस क्षेत्रतर्फ डोर्याउन मद्धत गर्यो । २०५४ सालमा एउटा पत्रिका दर्ता गरेँ । त्यसको म प्रकाशक भएँ ०५६ सालबाट नवप्रतिभाको सम्पादक समेत बने । यसले मलाई प्रकाशन क्षेत्रका बारेमा केही ज्ञान हासिल गर्न मद्धत पुर्यायो र आफूलाई ज्ञान भएकै क्षेत्रमा हात हाल्दा काम गर्न सजिलो हुने भएकाले म यस क्षेत्रमा लागेँ ।
प्रकाशनको क्षेत्रमा नलाग्नुभएको भए के गर्नुहुँदो हो ?
– प्रकाशनको क्षेत्रमा लाग्नुपूर्व म एउटा मार्केटिङ अफिसमा काम गर्थेँ । त्यहाँ मैले ८–१० हजारसम्म कमाउँथे । आर्थिक रूपमा म सम्पन्न हुने कुरा सत्य थियो । आर्थिक सम्पन्नताले म भरिपूर्ण भए पनि एउटा सामान्य व्यक्ति बन्ने थिएँ । तर अहिले आर्थिकभन्दा पनि नाम कमाउन सफल भएको छु । अहिले जुन अस्तित्व छ जुन नाम छ त्यो क्षेत्रमा नलागेको भए यस्तो हुन्थ्यो होला ।
प्रगतिशील पुस्तक प्रकाशन किन रोज्नुभयो ?
– बिक्रि र मुनाफाको हिसाबले अश्लिल, मायावाद, लीलावाद र रहस्यवादका किताबहरूबाट प्रकाशक मालामाल हुनेगरेको स्थिति हाम्रो सामु छ । तर म त्यस्तो विकृति संस्कृति बाहक पुस्तक बिक्रि वितरण वा प्रकाशन गर्न चाहन्न । किनभने प्रकाशनमा आउनुपूर्व म सक्रिय राजनीतिक कार्यकर्ता थिएँ । मपछि सक्रियपूर्वक लाग्न सकिनँ । नसके प्रकाशनको तर्फबाट एउटा सचेत राजनीतिक कार्यकर्ताले बहन गर्नुपर्ने जिम्मेवारी वहन गरिरहेको छु । पुस्तक प्रकाशन वा व्यवस्थापन पनि एउटा क्रान्तिकारी कार्य हो भन्ने मलाई लागेको छ । समुन्नत र समानुपातिक समाज निर्माणका पक्षधर हुँ । यसर्थ म प्रकाशनबाट पैसा कमाउनेभन्दा पनि विचार सम्प्रेषण गर्न चाहन्छु ।
प्रकाशक बन्नु भएपछि कस्तो कस्तो व्यावधानहरू चाहन्छ ?
– २०५२÷५३ तिर ‘मसाल’ बेच्दा रत्नपार्कबाट प्रहरीले समाएर ७२ घण्टासम्म हिरासतमा राखे । माओवादी युद्धपश्चात् ३ महिनासम्म सैनिकले अपहरण गरी कडाइका साथ हिरासतमा राखने काम गरे ।
प्रकाशक बन्नुभएकोमा खुशी वा पश्चाताप के छ ?
– पटक पटक प्रशासनिक दमन भोग्नुपरेको छ । त पनि म निराश छैन किनकी म प्रकाशक भएर एउटा असल विचार फिजाउन मद्धत पुर्याउने काम गर्न सकेको छु भन्ने लाग्छ । व्यक्तिगत स्वार्थले मात्र म यो काममा लागिरहेको छैन । समाज परिवर्तमा टेवा पुर्याउने उद्देश्यका साथ लागिरहेको छ । यसकारण पनि प्रकाशनको कार्यबाट म सन्तुष्टि छ ।
विवेक सिर्जनशीलका केही बाल प्रकाशनहरू
बालबगैँचा (चिनियाँबाल कथासंग्रह), अर्को एउटा पृथ्वी, फुच्चे भँगेरा (सचित्र कथा), बाल कथासंग्रह (खण्ड १), बाल कथासंग्रह (खण्ड २), विश्व प्रसिद्ध नाटक संग्रह), आमा पुतली (कथासंग्रह), एउटा नयाँ पुलको निर्माण (चिनियाँ सचित्र बालकथा), विश्व प्रसिद्ध बालकथाहरू (खण्ड २), किसानबाट शिक्षा (कथासंग्रह), प्रसिद्ध चिनियाँ बालकथाहरू, पीटर र ब्वाँसो (सचित्र कथा), भित्ताको नमस्ते (कथासंग्रह), गौँथलीको गुँड (निबन्ध संग्रह), आँखाका यी नानी (कविता संग्रह), विश्व प्रसिद्ध बालकथाहरू (खण्ड ३), विश्व प्रसिद्ध बालकथाहरू (खण्ड ४), वैज्ञानिकको जीवनी (खण्ड १), हाम्रा काकाकाकी (गीतसंग्रह), वनचरीको गीत (गीति संग्रह), अजम्बरी माया (कथा संग्रह), मुसेकान्छाको करामत (कथासंग्रह), छानिएका नेपाली बालकथाहरू (खण्ड १), छानिएका नेपाली बालकथाहरू (खण्ड २), खरायोको पुच्छर किन छोटो भयो (सचित्र चिनियाँ बालकथा), नयाँनयाँ साथी (कविता संग्रह), विश्व प्रसिद्ध बालकथा (खण्ड १), गोपीको कथा (उपन्यास), चटकीको बाँदर (कथासंग्रह), हामी सानासाना लालाबाला (गीतिसंग्रह), विश्वप्रसिद्ध बालकथाहरू (कथा संग्रह खण्ड ५), पुस माघको एक बिहान (कथा संग्रह), कम्प्युटरको बाघ (कथासंग्रह) आदि रहेका छन् ।
प्रकाशित पुस्तक/पत्रिका
२०५० सालदेखि मैले विभिन्न प्रकाशन संस्थाबाट प्रकाशित सामाग्रीहरू बेच्ने काम गर्दै आएँ । यस क्रममा ०५४ देखि पहिलोपल्ट आफैले प्रकाशनको काम सुरु गरे । त्यसबेलादेखि अहिलेसम्म आइपुग्दा दर्जनौँ पुस्तक पुस्तिकाहरू प्रकाशन गरिसकेका छौँ ।
बाल प्रकाशन गर्नुका कारण
‘हाम्रो देशमा देशका कर्णाधार बालबालिकाहरू नै हुन् ।’ भन्ने भनाइ त छ तर त्यसको अनुशरण गर्न न राजनीतिक पार्टीहरू नै सकिरहेका छन् न त सरकारले नै । यसै क्षेत्रबाट बालबालिका अत्यन्तै अपहेलित छन् । उनीहरूको उचित हेरचाह, संरक्षण र ज्ञानवृद्धिका लागि पाठ्य सामाग्रीहरू अझै तय हुन सकिरहेको छैन । मान्छे कर्णाधार हुन सानैदेखि त्यस्तै किसिमका ज्ञानको आवश्यकता हुने गर्दछ । यही सोचले मैले बाल प्रकाशनतिर हात हाल्ने विचार गरेँ र बालबालिकाको स्वच्छ छवि निर्माणार्थ सहयोग पुग्ने पुस्तकहरूको प्रकाशन गरेँ ।
ठूलाहरू आफ्ना माग पूरा गर्न नारा, जुलुस, धर्ना आदि जस्ता कार्यहरू गर्न सक्छन् तर बच्चाहरू यी कुनै कार्य गर्न सक्दैनन् । सक्दैनन् । यो वा ऊ चाहियो’ भनेर बच्चाहरूले मागे भने हप्काउने, पिट्ने चलन छ । जसका कारण उनीहरूभित्र भएको थुप्रै प्रतिभाहरू दबिन पुग्छ र प्रस्फुटन हुन पाउँदैनन् । यस अर्थमा पनि बालप्रकाशनहरूको आवश्यकता छ । र, उनीहरूलाई सूसुचित गरी भएका प्रतिभा प्रस्फुटन गर्न दिनुपर्ने आवश्यकता छ । सुृनौलो भविष्यको लागि कल्पना गर्ने हो सबभन्दा बढी केटाकेटीलाई ध्यान दिनुपर्छ । यही कुरालाई मनन गरी हाम्रा प्रकाशनले बालप्रकाशन आरम्भ गरेका हाँै ।
बालविकासमा योगदान
हामीले जुन समयमा प्रकाशन सुरु गरेँ त्यसबेला प्रकाशनहरू त्यति व्यवस्थित थिएन । फाट्टफुट्ट रूपमा मात्र प्रकाशन हुन्थ्यो । अहिले बाल प्रकाशनमा पनि थुप्रै संस्थाहरू आइसकेको छ । यी संघसंस्थाका प्रकाशनका अलवा पनि हाम्रा प्रकाशनले स्वच्छ बालविकासमा ठूलै योगदान पु¥याएको छ भन्ने लाग्छ । हाम्रा प्रकाशन भूतप्रेत वा रुढीगत कुराबाट बालबालिकालाई मुक्त गर्ने, समानतामूलक समाज निर्माण गर्ने, वैज्ञानिक कुरामा लाग्न उत्प्रेरित गर्ने खालका छन् । अन्य प्रकाशनले यस क्षेत्रमा खासै योगदान दिन सकेको देखिँदैन ।
हाम्रो प्रकाशनलाई बालबालिकाले पनि अत्याधिक रुचाएको पाएँ । माक्सिस गोर्कीको ‘फुच्चे भँगेरा’ मात्र २५ हजार प्रिन्ट भइसकेको छ । सँगसँगै यसले राम्रा विचारर प्रवाह गर्नसमेत सकेको देखिन्छ ।
वर्तमान, जडतापूर्ण समाजलाई परिवर्तन गर्नु नै हाम्रो प्रकाशनले मुख्य उद्देश्य हो र बालबालिका पनि त्यही चाहन्छन् भन्ने लाग्छ । अहिलेसम्म हाम्रा प्रकाशनबाट जे जस्ता बजारमा आए ती सबै वर्ष दिनभित्रमा पुनः प्रकाशन हुने गरेको छ ।
पुस्तक प्रदर्शनीमा छुट्टै पहिचान
हामीले थुप्रै प्रदर्शनीहरूमा माग लिइसकेका छाँै । जतिजति प्रदर्शनीहरूमा भाग लिएँ ती प्रदर्शनीहरूमा छुट्टै पहिचान पाएँ । अरूका पुस्तक प्रदर्शनी स्टलमा विभिन्न छ्यासमिसे पुस्तक पाइन्छ भने हाम्रोमा स्पेसल बालबालिका र प्रगतिशील प्रकाशन मात्र पाइन्छ । हाम्रामा पाइने पुस्तक अन्य पाइन्छ । हाम्रामा पाइने पुस्तक अन्य पाइन्न । प्रदर्शनीमा पुस्तक किन्न आउनेहरूमा पनि यो पुस्तक किन्ने भए ‘फलना’ प्रकाशनको प्रदर्शनमा जानुपर्छ भन्ने छाप भएको पाइएको छ ।
प्रदर्शनीहरूमा हाम्रो प्रकाशनको लोकप्रिय बिक्रि पनि राम्रै स्थानमा रहेको पाइएको छ । हालै त्रिचन्द्र क्याम्पसमा आयोजित कार्यक्रमा पनि यो परम्परा कायमै रह्यो ।
लेखनमा लाग्नुको कारण
सुरु सुरुमा म अरूले लेखेका राम्रा सामाग्री फिँजाउने काममा मात्र लागेँ । त्यस क्रममा स्वदेशकै विभिन्न लेखकहरूको पुस्तक पुस्तिका प्रकाशन गरे । त्यतिमात्र होइन विभिन्न विदेशी लेखकहरूको पनि विभिन्न लेख रचनाहरू पनि अनुवाद गरी प्रकाशन गर्ने गर्थे । यसबाट विचार सम्प्रेषणको क्षेत्रमा ठूलो सहयोग पुग्यो । तर प्रकाशन क्षेत्रको स्थिति कस्तो हुँदो रहेछ भने ‘प्रकाशक’ भनेको विवेकहीन व्यक्ति हो । ऊसँग पैसा मात्र हुन्छ तर विवेक हुन्न । म यो कुरा मान्न तयार थिएन । प्रकाशक सबै नाफामुखी र विचारहीन हुन्न भन्ने देखाउनुथ्यो । यही सिलसिलामा मैले लेख्न सुरु गरेँ । सुरुमा विदेशी लेखकहरूको लेख अनुवाद गरेर छाप्ने गर्थे पछि विस्तारै आफैले लेख्न थाले । हालसम्म मैले ‘शान्तिको आत्मकथा, झमककुमारी’ र एउटा उपन्यास समेत लेखिसकेको छु । मेरो सिर्जन कार्यले ‘प्रकाशक भनेको विवेकहीन हुन्छन्’ भन्ने कुराको काफी खण्डन गरेको छ भन्ने लाग्छ ।
‘शान्तिको आत्मकथा’ र ‘झमककुमारी’ यसरी लेखेँ
बाल लेखनमा नयाँ शैलीको आवश्यकता थियो । उनीहरूलाई उपदेशात्मक लाग्ने कथाहरू नभएर पढ्दा रमाइलो लाग्ने तर उपदेश र ज्ञानले भरिपूर्ण भएका पुस्तकहरू पढाउन जरुरी छ । त्यसैले मैले एउटा पृथकशैली अपनाएर यी पुस्तकहरू लेखेको हँु । यी पुस्तकहरूका मात्र कोही सत्य छन् त कोही काल्पनिक । झमककुमारी एउटा यथार्थ पात्र हो । जो अपांग छिन् र समाजमा त्यसैका कारण पशुवत व्यवहार भोग्न विवश छिन् । ती जस्ता मान्छे कसरी सम्मानित लेखिका बनिन् भन्ने कुरा धेरै बालबालिकालाई पढाउन आवश्यक छ । यस अर्थमा मैले सोरपूसतक एउटा जीवनवृत्तको रूपमा लेखेको हुँ । त्यसो त शान्तिको आत्मकथा पनि यथार्थ नै हो, केवल पात्रका नामहरू मात्र फरक छन् । हाम्रा बालबालिकाहरूले कस्तो सामाजिक उत्पीडन भोग्नुपर्छ भन्ने सविस्तार केटाकेटीलाई देखाउनकै लागि पनि यो पुस्तक लेखेको हुँ ।
वर्ष ३, अंक १८, साउन २३ गते शुक्रबार
साप्ताहिक आवाज