Menu Close

पारिजात बालसाहित्य पाण्डुलिपी पुरस्कार २०६९ प्राप्त गर्ने बालसाहित्यकार विजयराज आचार्यको सङ्क्षिप्त परिचय

विजयराज आचार्यको जन्म वि.सं २०३३ साल माघ ९ गते दाङवाङ–४, च्यानधारा, प्युठानमा बाबु पिताम्बर आचार्य र आमा मनकला आचार्यको कोखबाट भएको हो । मध्यमवर्गीय परिवारमा जन्मेका उनको न्वारानको नाम ढुण्डिराज आचार्य भए तापनि उनी विजयराज आचार्यकै नामबाट चिरपरिचित छन् ।


विजयराज आचार्यले आफ्नो बाल्यकाल जन्मस्थलमा बिताए । र्गाबाख्रा चराउँदै उनका बालसुलभ दिनहरू बिते । अध्ययनको क्रममा दाङवाङ नि.मा.विबाट कक्षा ७ सम्म अध्ययन गरेका उनले त्यसपछि श्री जनप्रिय मा.वि. खिल्जी, असुरकोट, अर्खामा बाँकी अध्ययनलाई निरन्तरता दिँदै २०५० सालमा प्रकाशित परिक्षा उतीर्ण गरे ।


उनले प्रवेशिका उर्तीण भएपछि काठमाडौँस्थित रत्नराज्यलक्ष्मी क्याम्पसबाट २०५६ सालमा प्रमाणपत्र तह र २०६६ सालमा स्नातक तह उतीर्ण गरे भने हाल सोही क्याम्पसबाट पत्रकारितामा स्नाकोत्तर तह अध्ययन गर्दै छन् ।


उनले २०५४ सालमा विवेक सिर्जनशील प्रकाशन प्रा.लि. को स्थापना गरे । देशका विभिन्न ठाउँमा हुने राजनीतिक कार्यक्रममा उनले पुस्तक बेचेका छन् । एकातिर देश द्वन्द्वग्रस्त थियो भने अर्कोतिर उनी जनतालाई सचेत पार्न माक्र्सवादी र प्रगतिशीलल साहित्यका पुस्तक प्रकाशन गर्दै थिए । यस्तै बेला उनी राज्यको आँखाको कसिङ्गर साबित भए । विं.सं. २०५५ मा उनलाई पुस्तक छापेकै निहुमा राज्यले पक्राउ गर्यो र कठोर यातना दियो ।


पत्रकारिताकै क्रममा २०५५ सालदेखि २०५७ सालसम्म ‘नवप्रतिभा’ मासिकको सम्पादक भए तर पछि त्यो बन्द भयो । त्यसैगरी उनले ‘नवपरिवेश’ को प्रकाशन र ‘झिम्रुक सन्देश’को सम्पादन पनि गरेका छन् । त्यसपछि २०६६ सालमा प्रकाशित ‘हाम्रो बालबगैँचा’ मासिक बालपत्रिकाको सुरुदेखि हालसम्म सम्पादकका रूपमा कार्यरत छन् । त्यसैगरी विवेक सिर्जनशील प्रकाशन प्रा.लि. का संस्थापक उनी हाल प्रबन्ध सञ्चालकका रूपमा कार्यरत छन् । उनले विवेक सिर्जनशील प्रकाशन प्रा.लि. स्थापना गरेर नेपाली भाषा र साहित्यको सेवा गरेका छन्, जसले सरकारले समेत नगरेको उल्लेख्य काम गरेर नेपाली बालसाहित्यको क्षेत्रमा अग्रणी भूमिकासमेत खेलेका छन् ।


माक्र्सवादी साहित्यको अध्ययनपछि माक्र्सवादतर्फ मोर्चा पन िसम्हाले । विजयराज आचार्यले विद्यार्थी जीवनमा राजनीतिक मोर्चा पनि सम्हाले । गोर्की, लुसुनजस्ता चर्चित लेखकलाई पढे । विशेष गरी बालसाहित्यको क्षेत्रमा विशेष लगाव भएका उनले २०५९ सालमा ‘शान्तिको आत्मकथा’ प्रकाशित गरे र त्यहीँबाट बालसाहित्यको क्षेत्रमा उदाए । यसक्रममा उनले थुप्रै मौलिक एवम् अनुदित बालसाहित्यका कृतिहरू प्रकाशित गरिसकेका छन् । उनले कथा, जीवनी, नाटक, उपन्यास, अन्तर्वार्ता आदि क्षेत्रमा कलम चलाएका छन् । त्यसबाहेक उनले थुप्रै रुसी, चिनियाँ बालकथाहरू नेपालीमा अनुवाद गरेका छन् ।


विजयराज आचार्यले नै पहिलोपटक झमक घिमिरेलाई मिडियामा ल्याउने काम गरे । बालसाहित्यकै क्षेत्रमा योगदान दिएका कारण २०६० सालमा नेपाल बालसाहित्य समाजले उनलाई सर्वोकृष्ट बालसाहित्य पुरस्कार र २०६७ सालमा पुष्कर गौतम बालसाहित्य पुरस्कारबाट सम्मानित ग¥यो । साहित्य, अझ विशेषगरी बालसाहित्यलाई आफ्नो कर्म क्षेत्र बनाउने विजयराज आचार्य शिक्षा क्षेत्रमा पनि अगाडि नै छन् । हाल उनी कीर्तिपुर, टौदहस्थित शुभकामना एकेडेमीका सञ्चालक समितिका अध्यक्ष छन् । त्यसैगरी उनी नेपाल बालसाहित्य समाज र रमेश विकल साहित्य प्रतिष्ठानका आजीवन सदस्यका रूपमा रहेका छन् । हाल उनी प्रगतिशील लेखक सङ्घका सचिवालय सदस्य, मध्यपश्चिमाञ्चल साहित्य परिषद्का सचिव, नेपाल बालसाहित्य समाजका सदस्य सचिव र बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका सचिवका रूपमा कार्यरत छन् ।


विजयराज आचार्य लेखक, सम्पादक, प्रकाशन, समाजसेवी, राजनीतिज्ञ, पत्रकार, अनुवादक पनि हुन् । उनका डेढ दर्जनभन्दा बढी मौलिक कृतिहरू प्रकाशित छन्, दुई दर्जन अनुदित कृतिहरू छन् भने प्रकाशोन्मुख थुप्रै कृतिहरू छन् ।


प्रस्तुति ः श्यामकृष्ण खुलिमुलि

Leave a Reply

Your email address will not be published. Required fields are marked *