मिति ः २०६५÷०२÷२२
प्रेस विज्ञप्ती
काठमाडौँ÷सिर्जनशील प्रकाशन प्रा.लि.का कार्यकारी अध्यक्ष पत्रकार विजयराज आचार्यका तर्फबाट दायर गरिएको क्षतिपूर्ति मुद्दामा जिल्ला अदालत काठमाडौँले सङ्कटकालको अवस्थामा सरकारले गैरकानुनी थुनामा राखी यातना दिएको ठहर गरी पत्रकार आचार्यलाई रु.३०, ०००।– क्षतिपूर्ति भराइ दिने गरी फैसला गरेको छ । काठमाडौँ जिल्ला अदालतका मा.न्याु. सूष्मालता माथेमाको इलजासले बुधबार सो फैसला गरेको हो । सो मुद्दामा फ्रिडम फोरम, लिगल डेस्कका अधिवक्ताद्वारा ऋषिराम घिमिरे र सुवास शर्माले वहस गर्नुभएको थियो ।
२०५८–०५९ मा लागु सङ्कटकालको समयमा निज आचार्यलाई २०५८ पुष २५ गते गैरकानुनी ढंगले गिरफ्तार २०५८ चैत्र ६ गते रिहा गरिएको थियो । तत्कालिन नेपाल प्रहरीका प्रहरी जवान र शाही नेपाली सेनाका जवानहरूद्वारा कानुन विपरित गिरफ्तार गरी यातना दिएका विरुद्ध पत्रकार आचार्यका तर्फबाट तत्कालिन मन्त्रिपरिषद्, रक्षा मन्त्रालय, गृह मन्त्रालय र जि.प्र.का. अनुमानढोकालाई विपक्षी बनाई २०५९ साल मंसिर १२ गते काठमाडौँ जिल्ला अदालतमा क्षतिपूर्ति माग गरी निवेदन दायर गरिएको थियो । उक्त मुद्दामा काठमाडौँ जिल्ला अदालतले २०६२ साल असार १० गते हदम्याद नपुग्ने भनी मागदावी खारेज गरेको थियो ।
काठमाडाँै जिल्ला अदालतको उक्त फैसला उपर चित्त नबुझी पत्रकार आचार्यका तर्फबाट २०६३ माघ २९ गते फ्रिडम फोरम, लिगल डेस्कको सहयोगमा पुनरावेदन अदालत पाटनमा पुनरावेदन पत्र दर्ता गरिएको थियो । पुनरावेदन अदालत पाटनले मिति २०६४ असार १२ गते काठमाडौँ जिल्ला अदालतको फैसला बदर गरी निवेदक आचार्यको माग दाबी बमोजिक क्षतिपूर्ति पाउनुपर्ने हो वा होइन यकिन गरी निर्णय गर्नु भनी शुरु अदालतमा मिसिल पठाउने ठहर गरेको थियो ।
पुनरावदेन अदालतको उक्त निर्णयलाई काठमाडौँ जिल्ला अदालतले विचार गरी यातना क्षतिपूर्ती ऐन, २०५३ को दफा ३ को २,३ बमोजिम पत्रकार विजयराजलाई थुनामा राख्दा र छोड्दा निजको शारीरिक तथा मानसिक स्थितिको जाँच विपक्षी रक्षा मन्त्रालय समेतले नगरी गैरकानुनी थुनामा राखी यातना दिएको हुँदा पत्रकार अआचार्यले रु. ३०,०००।– क्षतिपूर्ती पाउने ठहर गरेको हो । मुलुकमा सङ्कटकाल लागु रहेको अवस्थामा पत्रकारलाई गैरकानुनी थुनामा राखी यातना दिएको विषयमा क्षतिपूर्ती भराइदिनु भनी सो फैसला गरेको हो ।