विमला ………
अभावले मानिसलाई कुन दिशातर्फ अग्रसर गराउँछ, यो प्रश्नको मर्म आफ्नै ठाउँमा छ । तर अभावले मानिसलाई अब्राहम लिङ्कन बनाएको इतिहास भने हामीले पढ्दै आएका छौँ । गरिबीप्रतिको सकारात्मक विचारले नै मदर टेरेसा जन्मिन् यि प्रसङ्गहरू आफ्नो ठाउँमा छ ।
तर यहाँ चर्चा गर्न खोजिएको व्यक्तित्व भने समाजसेवा र राजनैतिक क्षेत्रभन्दा फरक नेपाली साहित्य जगतको व्यक्तित्वहरूमध्ये पर्छन् । आफ्नो जीवनका अधिकांश अघिल्लो समयहरू जसले अत्यन्त कष्टपूर्ण बिताए र जुन समय काठमाडौँको होटलका पेटीहरू उनको निम्ति मखमलको विस्ताप सावित भए । तीनका निम्ति कुनै समय ठाटिएर एउटा याक चुरोट खानको निम्ति एक रूपैयाँको सिक्का पनि वरदान सावित हुन्थे । तर इतिहास साक्षी छ कस्तो आश्चार्य ? गणितमा सबैभन्दा कमजोर केटो जो पछि विश्वको प्रसिद्ध वैज्ञानिक अल्वार्ट आइस्टाइन बने । कुनै समय भारतको गल्ली गल्लीमा पत्रिका बेच्खै हिँड्ने केटो नै विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुकको राष्ट्रपति बने । सङ्योग नै भन्नुपर्ला जीवनको अधिकांश समय त्यस्तै सङ्घर्षमा सङ्घर्षरत हुँदै बिते अर्थात् बालसाहित्यमा नितान्त फरक योगदान पु¥याए वापत आफ्नो फरक गरिमा बनाउन सफल साहित्यकार विजयराज आचार्यको व्यक्तित्व सम्बन्धमा चर्चा गर्न खोजिएको हो ।
पिता पिताम्बर आचार्य र आमा मनकला आचार्यको कोखबाट जन्मिएका सात सन्तानमध्ये विजयराज आचार्य सातौँ सन्तान थिए ।
लेखनमा हात हाल्नुभन्दा अगाडि माक्र्सवादी चिन्तनबाट प्रभावित विजय स्कूल जीवनमा राजनैतिक क्षेत्रमा बढी सक्रिय रहे । तर किन हो धेरै समय उनी यस क्षेत्रमा टिकीरहन सकेनन् अथवा लगाव रहेन । त्यसो त काठमाडौँमा २०५१ सालमाा छिरेपश्चात् महिनादिनसम्म आन्दोलनमा भोकभोकै हिडेको समयहरू उनको निम्ति त्यतिकै प्रेरणादायी रह्यो जुन साय जण्डीसले ग्रस्त हुँदा र पकेटमा पैसा नभएपछि एक प्लेट मःमको भरमा कयौँ दिन कटाएको र तत्कालिन समयमा जल्दाबल्दा नेता दीननाथ शर्माले बिरामी अवस्थामा त्यसै छोडेको र शेषमणी अधिकारी भन्ने अपरिचित डाक्टरको कारण आफू बाँचेको प्रसङ्ग दर्दनाक फिल्मको कथावस्तु भन्दा कम टीठलाग्दो छैन उनको अतितमा ।
तर उनले फर्किएर हेरेनन् अतितलाई न अर्घाखाँचीमा रहदाताका रातविरात जंगलबाट बाख्राको बथान लिएर काटेको डर लाग्दा अँध्यारो बाटोहरू उनको स्मृतिमा छन् बरु छन् भने स्कूल जीवनमा कम्युनिष्टहरूले प्रेम गर्नु हुँदैन भन्ने गलत मानसिकताको बाबजुत आफू सङ्गठनको सभापति हुँदा एकजोडी प्रेमी र प्रेमिकालाई गरेको अभद्र व्यावहारले भने सधै विजयलाई अमिलो बनाउँछ । तर अब अवस्था त्यस्तो पनि रहेन । उनी भन्छन् वास्तवमा प्रेम अत्यन्त महत्वपूर्ण हुँदो रहेछ ।
अब नेपालमा केही हुन्न भनेर भारत भासिएका एकदिन पानीको गिलास टेबुलमा राख्ला आएको आवाज कडा भयो भनेर हाकिमले गरेको अभद्र व्यवहारले भने वैचारिक सोचमा व्यापक परिवर्तन ल्याइदियो ।
अहिले विवेक सिर्जनशील प्रकाशन प्रा.लि. मार्फत साहित्यमा क्रियाशील आश्चर्य नयाँ पुस्तकहरूलाई स्थापित गर्ने तरखरमा पनि लागिपरेका छन् । आफू वैचारिक रूपमा माक्र्सवादी चिन्तनसँग आबद्ध भएकै कारण २०५८ साल पुस गते आर्मीले जबरजस्त गरेर ९५ दिन यातनासहित करेण्ट लगाएको क्षण उनको निम्ति सधैँ दुःखदायी रह्यो ।