बिमला ……
नेपाली साहित्यमा पछिल्लो दशकमा बालसाहित्य सृजनातर्फ विजयराज आचार्यको नाम युवापंक्तिमा अग्रस्थानमा रहेको छ ।
जीवनको अघिल्लो दशकतिर वामपन्थी विचारबाट प्रभावित विजजय आचार्यको साहित्यमा आउने प्रमुख पात्रहरू समाजबाट अपहेलित र साच्चारण पात्रहरूको जीवनपद्धती जस्को आर्थिक, सामाजिक र मनोवैज्ञानिक पक्षलाई सुक्ष्म अध्ययन गरिएको हुन्छ । यस अर्थमा म विजयराज आचार्यलाई माक्र्सवादको छाप नै चाहिँ लगाउन चाहान्न तर उहाँको साहित्य लेखन कता कता माक्र्सवादी सौन्दर्यबाट नै प्रभावित छ । उहाँको साहित्यमा देखिएको मौलिक पक्ष अर्को महत्वपूर्ण सौन्दर्य हो । अहिले लेखीरहेका युवाहरू भन्दा फरक भागभङ्गी छ तर म उहाँको लेखनको धापकतालाई एउटा अर्थ भिडाएर सङ्कुचित बनाउन चाहान्न । तर त्यहाँ फरक सौन्दर्य र फरक वास्तविकता र फरक विषयवस्तुलाई उठाइएको हुन्छ । नेपाली समाज र पाठकको मनोवैज्ञानिक पक्षलाई नजिकबाट समात्न सक्नुले विजय आचार्य नेपाली साहित्यको दीर्घकालीन सर्जक हो भन्ने कुरामा कसैको दुई मत नहोला ।
२०६० सालमा साहित्यकार झमक कुमारी घिमिरेको जीवनीमा आधारित ‘झमककुमारी’ सचित्रकथा प्रकाशनमा आयो । प्रकाशनमा आउने बित्तिकै पाठक र बौद्धिक व्यक्तिहरूमाझ व्यापक बहस, टिक्का टिप्पणी भयो यस अर्थमा सचित्रकथा सफल रह्यो ।
एक हिसाबले यो किताबले पाठकहरूलाई मर्मान्त बनायो । जसले साहित्यकार झमककुमारी घिमिरेलाई टाढाबाट मात्र चिनेका थिए । तिनले उहाँको जीवनलाई नजिकबाट महसुस गर्ने मौका पाए र तीनको निम्ति यो किताब प्रेरणायोग्य, सङ्स्मरणयोग्य र सधैँ मनमा गढिरहने सियोको दुखाई झै बन्यो । सबैलाई यो कथा पढिसकेपछि समाजप्रति घृणा आफू भित्र नजानिदो साहस उत्पन्न हुन्छ । यसरी हेर्दा महसुस गर्दा, साहित्यकार विजयराज आचार्य पूर्ण रूपमा सफल देखिनुहुन्छ । उहाँको लेखनमा खोट लाउने ठाउँ छैन तर मनोवैज्ञानिक रूपमा विजयराज आचार्य पनि शिथिल भएर हो वा राज्यलाई चुनौती दिन पछिल्लो समय विवेक सिर्जनशील प्रकाशन प्रा.लि. मार्फत साहित्यमा कडा र आलोचकीय हिसाबले अहिले समूहमा चर्चामा हुुनुहुन्छ । उद्यपि उहाँ भित्र आफूले गर्नुपरेको सङ्घर्ष अलग ठाउँमा छ ।
मेरो विचारमा एउटा प्रश्न उठिरहेको छ । उहाँले किन झमककुमारीकै विषयमा लेखने आँट र विचार गर्नुभयो । आञ्चलक हिसाबले पनि धेरै फरक छ । तर त्यसो होइन अहिले नेपाली साहित्यिक जगतमा स्पष्टता र निस्वार्थ भन्ने शब्द अभाव शून्य हुँदै आएको वर्तमान परिवेशमा होइन प्रतिभाको कदर हुनुपर्छ भन्ने सम्भवत उहाँको सबैसँग आग्रह हुनसक्छ । जो, काठमाडौँको मंहगो तारे होटल वा महंगो कागजमा निकालिएको किताब नै असल साहित्य हो भन्ने भ्रममा छन् । तीनको निम्ति पनि मनोवैज्ञानिक अन्दाजबाट सही प्रभाव पर्न र छोड्न सकोस् ।
यस अर्थमा साहित्यकार विजयराजज आचार्यले अर्कोतिर जसरी आर्थिक भार उठाउने कोसिस गर्नुभयो यो राज्यकै निम्ति ठुलो व्याङ्ग हो । तीनको विचार र शैलीलाई एक कदम अगाडि बढेर विजयराज आचार्यले चिन्न सके तीनको महत्वलाई बुझ्न सके । तर तीनलाई बुुझेर तीनको अभावलाई वा तीनको विचारलाई यो राज्यले किन वासता गर्दैन ?
साहित्यकार झमककुमारी घिमिरे मेरो विचारमा राष्ट्रकै महत्वपूर्ण पक्ष हो । तर तीनकोे सङ्रक्षण र प्रगतिको र अवसरको निम्ति राज्य पक्ष मौन र उदासीन छ । त्यसो त नेपालको सन्दर्भमा भन्नुपर्दा धेरै समयदेखि साहित्यकारहरूले नियति र दुर्घटना भोग्दै आउनु परेको छ । यो परिस्थितीमा पनि विजयराज आचार्यले झमककुमारीको जीवनमा आधारित प्रकाशनमा ल्याएर दुर्लभ अवसरलाई समात्न सक्नुभयो । अन्य मुलुकहरूमा झमकको जन्म हुन अवसर हो तर नेपालमा त्यो पनि चनइट्टामा जन्म हुनु । राज्यले चिन्न नसकिरहेको अवस्थामा समाज र परिवारले कसरी चिन्न सक्ने अवस्था रह्यो । अझ ब्राह्मण परिवार अर्को तर्फ शारीरिक रूपमा अपाङ्ग हुनु तपाई आफै कल्पना गर्न सक्नुहुन्छ ।
भाषामा देखिएको खदिलोपन, छोटो शब्दमा धेरै भन्नसकेको छ साहित्यकारले । जे होस् समग्रमा किताब पढिसकेपश्चात् नेपाली समाजको मानसिक अवस्थालाई समग्रमा बुझ्न सकिन्छ । अर्कोतर्फ लेखिकाको जीवनलाई महसुस गर्न सक्छन् पाठकहरूले ।