Menu Close

समालोचना

गोविन्दप्रसाद आचार्य

विजयराज आचार्यको बालकथा शान्तिको आत्मकथा शीर्षकको कथा पढ्दा मलाई धेरै परिस्थितिको स्मरण भयो । मैले मतनामको कामरेड भन्ने शीर्षकको कथा आजभन्दा धेरै वर्षअघि भास्कर पाण्डेको पिचासको कसौडी कक्षा सङ्ग्रहमा पढेको थिए । आज मलाई शान्तिको आत्माकथा पढ्दा उक्त कथाका केही परिस्थितिहरू मेरो मस्तिष्कमा कुन–कुनमा थिए कुन्नि ती झलझल्ति देखा पर्न आइपुगे । त्यो र यो कथाकाबीच भिन्नता यस अर्थमा देख्न सकिन्छ – यो बालकथा हो । त्यो घरेलु परिवेशको द्वन्द्व सिर्जना गर्ने र त्यसबाट देखिएका परिणामहरूले घरलाई लथालिङ्ग अवस्थामा पुगेको देखाइएको छ । मलाई यसको र त्यसको यो परिस्थिति मिल्दोजुल्दो छ कि त्यस कथाका कामरेड र यस कथाका मास्टरको स्थिति समान छ ।


यस कथामा सामान्त र गरिबका बीच देखापर्ने वर्ग अन्तर यहाँ प्रष्ट रूपमा देखाइएको छ । मलाई यस कथाको पात्र बसन्तिको चरित्रको स्मरण गर्दा के याद आउँछ भने उसको जीवन भोलि कहाँ पुग्ने हो, त्यो टु·ो छैन । तर बसन्तिको अज्ञानताको फाइदा उठाएर उसको गरिबीलाई शोषण गर्दै पढाइलेखाईप्रति घृणा जगाउनुबाट मालिक्निले लामो समयसम्म कामको फाइदा लिन्छे । अरूलाई गाली गर्न सिकाउँछ । ठीक यही परिस्थिति गाडीमा काम गर्ने साना खँलासीले प्रस्तुत गर्छन् । यो तिनीहरूको मनबाट स्वतस्फूर्त रूपमा उत्पन्न भएको होइन यो मालिकले सिकाएर दुनियाँको मानवीय भावनाको हत्या गर्नाको साथै कसलाई आदर गर्नुपर्छ । यो मान्छे हो भन्ने व्यवहार तिनीहरूले गर्दैन । पैसा यसरी उठाउँछन् कि यो गाडी सधैँ मेरो हो । यो सधैँ मैले मोज गरिरहन्छ । भन्ने तरिका खलाँसिमा विकास गराएका हुन्छन् । उसलाई यो थाहा हुन्न कि साहुले मेरो जुत्ता, मोजा र गोजा खोलेर पैसा लैजान्छ । ठिक यस कथाको पात्र बसन्ति यस्तै प्रकारकी छ । मलाई कामरेड कथाको परिस्थिति मिल्दोजुल्दो लाग्यो । अन्तर यति छ कि कामरेडले केटाकेटीहरूलाई सफा गरिदिने, नुहाइदिने भैसीलाई घाँस हालिदिने, भकारो सोरिदिने जस्तै काम गरेर ससुरा बुहारीको द्वन्द्वलाई मेल एव्म हार्दिकतामा रूपान्तरण गरेको छ ।


ठिक यस कथामा पनि मास्टर अथवा काकाले शान्तिको जीवनमा आमूल परिवर्तन ल्याएका छन् । यस कथाको उद्देश्य यो रहेको छ कि क्षमताको दृष्टिले धनी र गरिबको बीच कुनै अन्तर हुन्न । यसमा अन्तर देखाउने कारण नै आर्थिक अवस्था हो । धनीले आफ्नो क्षमता पैसाको कारणबाट सहज रूपमा प्रस्तुत गर्नसक्छ । पैसाको कारणबाट गरिबलाई त्यो मुस्किल पर्छ । क्षमतावान बालबालिकाहरू आफ्नो इच्छा र चाहनालाई भाँचेर बाँच्ने उद्देश्यले सामान्तको घरमा दास हुनु परिरहेको परिस्थिति यहाँ देखाइएको छ । यसका साथै आन्तरिक रूपबाट जीवनलाई सङ्घर्षशील हो भन्ने कुरा स्वीकारिएको छ । छोटो कथामा गरिबीको यथार्थ चित्रण गर्दै घरपरिवार, एवम् बालबालिकाकाको मर्मस्पर्शी भावना यहाँ प्रस्तुत गरिएको छ । यसका साथै गरिब र धनीका बीच ठूलो खाडल देखाइएको छ । सामान्तहरूको क्रूरता यहाँ राम्ररी प्रष्टाइएको छ । अवसरबाट वञ्चित बालबालिकाहरूलाई अवसर दिनुपर्छ भन्ने यस कथाको उद्देश्य रहेको छ । सरल भाषा सरल शैली, सरल शब्द, सरल प्रस्तुति, छोटा नामका पात्रको प्रयोगबाट यो कथा सुन्दर र वैचारिक बनेको छ ।


विजयराज आचार्यले झमककुमारीसँग लिएको अन्तरवार्ताभित्र विशेष प्रकृतिका मानिसहरू जो समाजबाट अपहेलित छन् । यहाँसम्म कि त्यस्ता व्यक्तिŒवहरू जन्माउने आमाहरू समेत घर परिवारबाट अपमानित र समाजबाट तिरस्कृत हुनुपरेको यथार्थ झमककुमारीको जीवनीमा प्रस्तुत गरिएको छ । यस जीवनीमा आफूलाई सबलाङग भएको गौरव गर्दै सधैँ यस्तै रहन्छु कुनै घटना परिस्थितिले अपाङ्ग हुन्न भन्ने दम्भ बोकेका बच्चा मानसिकताको सोचाई यस जीवनीमा चर्चा गरिएको छ । जीवनी झमकुमारीको हो । भोगाई झमककुमारीको हो तर पीडा सम्पूर्ण अपा·को हो । यस जीवनीमा बालकहरूलाई प्रेरणा दिदै झमककुमारीका समस्यासँग आफूलाई गाँस्नुपर्दाको पीडा सङ्घर्ष गर्न सिक्नुपर्छ । यस जीवनीमा झमककुमारीको मिहिनेत र साधनाले प्रायले हातले गर्नुपर्ने खुट्टाले गरेकी छन् । यसका लागि उनले कति दुःख गरेकी छन् । त्यस प्रकारको कारुणीक अवस्था यहाँ प्रस्तुत गरी बालकहरूलाई मिहिनेत र साधनाबाट सफल जीवन प्राप्त हुन्छ भन्ने प्रेरणा दिएको छ । यस पुस्तकमा समाज के भन्छ, व्यक्ति के भन्छन्, भन्नुभन्दा म के भन्छु भन्नु भन्ने सोच नै जीवनको सफल यात्रा हो । झमककुमारीलाई परिवारले गरेका अपमान र आमाले दिएको ममता यहाँ प्रस्तुत गरिएको छ । जसबाट व्यक्तिको सोचाइमा सकारात्मक परिवर्तन नआएसम्म व्यक्तिले दुःख पाउने यहाँ प्रष्ट पारिएको छ । “इख नभएको मान्छे र विष नभएको सर्प”का बीच भिन्नता रहन्छन् । झमककुमारी घिमिरेले पनि इख लिएर मात्र साहित्यकार भएकी छन्, हिजो घृणा गर्नेहरू आज सम्मान गर्ने भएका छन् । तसर्थ जीवनमा सङ्कल्प गर्नुपर्छ । आफ्नो कार्यमा अवरोध गर्नेहरूलाई काम गरेर झुकाउन सक्नुपर्छ भन्ने बालकहरूलाई प्रेरणा दिँदै मिहिनेतको फल मीठो हुन्छ भन्ने सङ्केत गरिएको छ ।


सरल भाषा, सरल शैली, प्रस्तुति गहन, विषय वस्तु जाँगरिलो, सोचाई चेतनामुलक प्रेरणा, आकर्षक प्रसङ्ग, रूपान्तरित भएको उच्च प्रकारको जीवन यस जीवनमा देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *