जुनसुकै देशमा पनि लोकसंस्कृतिले गरिमा प्राप्त गरेको कुरालाई कसैले अस्वीकार गर्न सकिन्न । कथा सुन्ने र सुनाउने परम्परा लामो छ, मानिसले मनोरञ्जनको साधन नभएको अवस्थामा मनोरञ्जन प्राप्त गर्न विभिन्न प्रकारका कथा भन्ने परम्परा पनि लामो छ । नैतिक शिक्षा दिन जनावरलाई माध्यम बनाएर कथा रच्ने परम्परा पनि लामो छ । कथामा मानवलाई सन्देश दिन जनावरलाई पात्र बनाउने चलन पनि निकै लामो रहेको छ । पञ्चतन्त्रका कथाहरू सुरुदेखि अन्तिमसम्म सबै कथामा जनावर पात्र बनेका छन् । त्यस अन्तर्गत सिंहराज शीर्षकको कथाले पनि सोही परम्परा पछ्याएको छ । यस कथामा सिंह राजा बनेको छ । यसको अर्थ सामन्तवादी व्यवस्थाको यहाँ चर्चा गरिएको छ । सिंहराजले जनावरहरूका बीच आपसी झगडा गराएर फाइदा लिएको विषयवस्तु यस कथाको रहेको छ । प्रतिकात्मक रूपबाट राजनीतिक व्यवस्थाप्रति लक्षित गर्दै प्रतिक्रियावादी व्यवस्थाभित्र फुटाउ र शासन गर भन्ने विस्तारवादी षड्यन्त्रमूलक ढङ्गबाट प्रयोग गरिन्छ । अनेक प्रकारका जालझेल षड्यन्त्र तिनीहरूले अपनाउँछन् भन्ने सङ्केत पनि यस कथामा गरिएको छ । कथामा फुट प्रस्तहरूसँग होसियार हुँदै साना मानिसहरू मिल्नुपर्छ भन्ने सन्देश प्रवाह गरिएको छ । प्रतिकात्मक पक्षबाट देशको व्यवस्था सामान्तवादी चरित्र वर्गीय असमानता शोषणमूलक समाज आदिको चर्चा गर्दै मेलमिलापबाट मात्र साना मानिसको कल्याण हुन्छ । मानिसलाई सताउने शासकको अन्त्यका लागि जुट्नुपर्ने आवश्यकतामा जोड दिएको छ । सरल भाषा, सरल शैली, संप्रेषण युक्त विचार पञ्चतन्त्रको अनुकरण गर्दै मानवीय समस्यामा केन्द्रित देशको राजनीतिक अवस्थाको चर्चा फुट प्रस्तको षड्यन्त्र एकतामा बल जस्ता महŒवपूर्ण सन्देश कलात्मक रूपबाट प्रस्तुत गरिएको छ ।
“सिंहराज”