नयाँ बस्ती बालउपन्यास वैचारिक दृष्टिले सामान्तवादी व्यवस्थाले मानिस र मानिसका बीच उत्पन्न गराएको छुवाछुत प्रथाले समाजमा विभाजन ल्याइ मानिसका बीचमा कटुता उत्पन्न गराएको विषयतर्फ यस उपन्यासले आफ्नो विषयवस्तु बनाएको छ । यसमा प्रयोग गरिएका ग्रामीण जनजीवनका विषयवस्तुसँग दलित बालकहरूको यथार्थ चित्रण यहाँ गरिएको छ । गाउँका जिमबालहरूले बालकहरूलाई आफ्नो लागि गोठालो बनाउने पेटभरि खान नदिने, रोग लाडेको बेला उपचार नगर्ने, बालकलाई अस्लिल शब्द प्रयोग गरेर गाली गर्नेजस्ता अमानवीय चिन्तन यहाँ प्रस्तुत गरिएको छ । एकातर्फ गाउँको कारुणीकता यस उपन्यासमा देखिन्छ भने अर्कोतर्फ दलितहरूको सेवाका लागि विदेशबाट हुने खानेहरूले नै दुवै पेशा लिन्छन् । गलत रिपोर्ट बुझाएर तिनीहरू सहरमा भव्य महल बनाउँछन् । तर दलितहरूको अवस्थामा सुधार आएको देखिन्न । सेवक जस्ता देखिने तर आन्तरिक रूपबाट दुष्ट प्रवृति भएका मानिसहरू झन् खतरा हुन्छन्, भन्ने सङ्केत पनि यस उपन्यासमा गरिएको छ । यसका साथै ब्राहमण परिवारका मानिसहरू पनि शोषित छन् भन्ने उदाहरणको लागि यस उपन्यासमा प्रयोग गरिएकी बालपात्र गीतालाई लेख्छ । जसको स्थिति श्रम जति गर्दा पनि उचित ज्याला नपाउनु, पढ्न लेख्न नपाउनु जस्ता कारुणीक र मर्मस्पर्शी घटनाहरूका साथै समावेश नदिएको छ । जसले गर्दा उपन्यास वर्गीय बनेको छ । काम कजाउने सहरका मालिकहरू पनि गाउँका जिमवालभन्दा कम छैनन् । यद्यपि तिनीहरू कसैलाई चर्को गाली गर्दैनन् । तर शोषण गर्ने प्रवृत्ति समान छ । यस उपन्यासमा कारुणीक स्थिति प्रकट गर्दै थोरै–थोरै उमेर अवस्थाका कारणबाट प्राप्त हुने चेतनास्तरको पनि यहाँ चर्चा गरिएको छ । यसका साथै ग्रामीण जीवनका ठग र सहरिया जीवनका ठगमा ताŒिवक रूपबाट भिन्न देख्न सकिन्न । ग्रामीण जीवनको ठगहरू सोझै आक्रमण गर्छन् । तर सहरिया जीवनका गठहरू घुमाउरो शैलीमा उही प्रकृतिको ठगी गर्ने गर्छन् । यस उपन्यासमा तल्लो जाति र उपल्लो जातिका बीच वैचारिक सम्बन्ध कायम गरेर नयाँ पद्धति बसाइएको छ । त्यो पक्ष नराम्रो होइन तर बालकहरूका लागि लेखिएको उपन्यास भएकोले र विवादका पक्षभन्दा जीवनका अन्य सुन्दर पक्ष प्रयोग गरेर समाजका सुन्दरपक्षलाई बालबालिकासामु पु¥याइएको भए त्यो नयाँ मौलिक हुन्थ्यो । समाजको विद्रोह गर्नुपर्ने पक्ष विवाह मात्र नभई अन्य पनि छन् । तिनको खोजी गनुप¥यो । हालको समस्या यो छ कि यौन मुलुकका साहित्य सञ्चारका माध्यमबाट दृश्यका रूपमा हेरिरहेका छन् । पत्रपत्रिका पढ्छन् । बालसाहित्य पढ्छन् यो सबै यौनमा केन्द्रित छन् । विवाहका पक्षसँग जोडिएका छन् । यसभन्दा पृथक मौलिकताको उपन्यास लेखिएको भए त्यो बढी वैचारिक र खोजमूलक हुन्थ्यो, यस उपन्यासमा थोरै पात्रको प्रयोग गरिएको छ । उपन्यासको संरचनामा नरहेता पनि लामो कथाको रूपमा यसलाई लिन सकिन्छ । यसमा प्रयोग भएको वैचारिक पक्ष औधी सुन्दर छ । घटना शृङ्खलामा केही विचलन आए तापनि यसले उठाएको पक्षहरू विचारणीय छन् । मौलिक विषयवस्तु प्रयोग गरिएकोले पनि यो उपन्यास सुन्दर छ । यसले अपनाएको वर्गीय परम्पराले मानिसमाथि गरिने सांस्कृतिक, धार्मिक र राजनीतिक आर्थिक पक्षको भेदभाव अन्त हुनुपर्छ भन्ने मान्यता राखेको छ । यसले समाजमा रहेका ग्रामीण तथा सहरिया शोषणको चर्चा गरे तापनि तिनका विरुद्धमा सशक्त रूपमा सङ्घर्ष गर्ने प्रेरणा दिएको भए कथामा अझै मौलिकता थपिन्थ्यो । यसमा प्रयोग गरिएको भाषा, ग्रामीण जनजीवनको बोली र जनजिब्रोको यथार्थता उतारिएको छ । त्यसले गर्दा उपन्यास स्वभाविक बनेको छ । यसमा घटनाहरू खाँदिला ढङ्गले प्रयोग गरिएको भए सामान्य प्रकारका त्रुटिहरूमा कमी आउने थियो । निष्कर्षमा भन्नुपर्दा यसको रचना कथासँग मिल्दोजुल्दो छ ।
छोटो उदेश्य छ, परिवर्तनशील छ, समाजको यथार्थ चित्रण छ, भाषाशैली सरल छ उपन्यास वैचारिक छ । बिम्ब र प्रकृतिहरूको दुर्वलता रहेको छ । अशिक्षाभुल शैलीमा लेखिएको छ । तापनि यसलाई वैचारिक पक्षले ओझीलो बनाएको छ ।