Menu Close

“परिवर्तन”

रामप्रसाद ज्ञवालीद्वारा यसको भूमिका लेखिएको छ । जसमा उपन्यासले औल्याएका विविध पक्षमा चर्चा गरि यसलाई चिरफार गरिएको छ । मैले पनि यसको सुरुदेखि अन्तिमसम्म पढ्दा ज्ञवालीका विचारसँग असहमति जनाउने कतै ठाउँ देखिनँ । तापनि केही कुरा लेखुँ जस्तो लाग्यो । बालसाहित्यका क्षेत्रमा जति कथा निबन्ध, कविता लेखिन्छन्, यति उपन्यास लेखिएका छैनन् । बालबालिकाहरूका लागि यो बोझिलो विषय हुनसक्छ । किनभने उपन्यास पढ्न धेरै समय खर्चिनुपर्छ र बढी खट्नुपर्छ । बालबालिकाहरू यसतर्फ कम ध्यानदिने सम्भावनालाई पनि ध्यान दिनुपर्छ । यदि बालबालिकालाई उपन्यास पढाउने हो भने तीनीहरूको जीवनलाई छुने खालको विषयवस्तुको आवश्यकता पर्छ । परिवर्तन बालउपन्यास बालकहरूका समस्या र तिनीहरूले दिन प्र्रतिदिन भोग्नुपरेको समस्या यहाँ चर्चा गरिएको छ । यस उपन्यासका बालपात्रहरू बेग्लाबेग्लै परिवारका बेग्लाबेग्लै ठाउँका र वेग्लावेग्लै परिस्थितिका रहेता पनि तिनीहरूको समस्या एकै प्रकारको देखिन्छ । तिनीहरूको जीवन भोगाइ र जीवन यात्रा समान प्रवृतिको छ । आपसमा मिलेर बसेका छन् दुःख सुख समान छ । सबै सडक बालबालिका हुन् । तिनीहरूको दिनरात कार्यथलो सडक बनेको छ । जीवनका हरेक क्रियाकलापहरू सडकमा सञ्चालित छन् । यसले घरमा बस्नेहरू जसमा मानवता छैन त्यस्ताहरूप्रति व्यङ्ग्य गरिएको छ । साथै मानिसलाई मानिस नसोच्ने हाम्रो समाजमा कथित ठूलो वर्ग रहेको छ । जसमा सम्पूर्ण रूपले मानवता रित्तिएको छ । तर यही समाजका मानवीय भावना भएका मानिसहरू पनि छन् । जस्तै पत्रकार काका जसले बालबालिकाहरूको स्थितिबाट प्रेरित भइ समाजका मानिस अपहेलित् हुनु हुन्न भन्ने धारण व्यक्त गरेका छन् । उपन्यासमा बेग्लैबेग्लै जातिका कसैको जात थर नभएका बालबालिका पनि छन् । तर तिनीहरूबीच मानवीय भावना छ । चोखो मेलमिलाप र हार्दिकता छ । उपन्यासमा प्रयोग गरिएकी बालिका रीता तिनीहरूको समुदायको एक्लै महिला सबै वयस्क हुने अवस्थामा छन् ।

तिनीहरूको समुदायको पुरुषहरूले ती बालीकालाई जिस्काउने, हेप्ने, होच्याउने, छिल्लिनेजस्ता कार्य कतै गरेको भेटिन्छन् । यसबाट यो स्पष्ट हुन्छ कि तिनीहरू पेट पाल्नका लागि हर्सव्य व्यस्त रहेका छन् । जसबाट यो स्पष्ट पार्न खोजिएको छ कि दिमागमा उत्तौला विचारहरू कामको अभावमा उत्पन्न हुने गर्छन् । परिवर्तन उपन्यास रातदिन सडकमा जीवन बिताउने समस्याबाट पीडित बालबालिकाहरूको स्थितिलाई केन्द्रिय विषयवस्तु बनाउने र बाल जीवनको केन्द्रियतामा यो उपन्यास लेखिएको हो । यसमा पनि निम्नस्तरको बालबालिकाको पीडायुक्त घटनामा यसको रचना भएको छ । कथावस्तु पनि सरल रूपबाट प्रस्तुत गरिएको छ । मौलिक कथावस्तु समस्या केन्द्रित विषय यसको प्रमुख लक्ष्य हो । जसमा उपन्यास सफल छ । जब मानिस शिक्षाको उज्यालो पाउँछ, सत पात्रको सहयोग पाउँछ, तब आफूलाई रूपान्तरण गर्ने अवसर पाउँछ । यस उपन्यासमा पनि बालबालिकाहरूको सुद्धिएको स्थिति प्रयोग गरिएको छ । जो वैचारिक एवंम लाक्षणीक अर्थले युक्त छ । साथै बालबालिकाहरू आफ्ना पुराना धारणा त्यागेर नयाँ जीवनशैलीमा प्रवेश गरेका छन् । तिनीहरूले स्कुलको खोजी गरेका छन् । जसबाट मानिस सही सोचाइमा आउन सक्छ भन्ने कथाले सन्देश दिएको छ ।


यस उपन्यासमा आन्तरिक रूपबाट वर्ग द्वन्द्वको स्थितिलाई पुष्टि गरिएको छ । यसका साथै महिलाहरूमाथि हुने अमानवीय कार्य जसबाट बच्चा जन्माइ सडकमा फ्ँयाक्ने प्रकृतिले समाजस्तो मानवता हराएको अहमवादको विकास भएको महिलाहरूको पीडा कारुणीक भएको पाइन्छ । यस उपन्यासले देख्दा बालकालिकाको समस्यामा केन्द्रित भएता पनि सामान्तवादी व्यवस्थाका अमानवीय क्रियाकलाप र उत्तौला र भद्दा प्रकारका सोचाइमा पनि यसको ध्यान गएको छ । बढीभन्दा बढी ठूला–ठालुहरूले उपन्यासको दृष्टि पुगेको छ । सरल प्रस्तुति, सरल शब्द, सरल भाव र शैली छोटा अनुच्छेद, आकर्षक विषयवस्तु, हार्दिकता र मानवता सडकको चोखो मिलन, सडकमा देखापरेको मानवता, ठूला–ठालुप्रति गरिएको व्यङ्ग्यात्मक प्रस्तुति बालबालिकाहरूमा आएका सचेत मानसिकता उच्च चेतनाको प्रभाव, तर्क क्षमताको बृद्धि, साधा जीवन उच्च विचारको प्रयोग, अप्रत्यक्ष रूपमा बहुउद्देश्यमुलक तर प्रत्यक्ष रूपमा बालबालिकाको रूपान्तरणमा केन्द्रित मिलेको हार्दिकता परिवर्तनशील मानसिकता तयारगरी शिक्षाप्रतिको जागरण यसका विषय बनेका छन् ।


जति सानो छ, त्यति गहिराइ नाप्न गाह्रो छ । रोचक प्रस्तुति, सरल भावना नारी पुरुषहरूका विषय देखा परेका भावना उच्च वर्गहरूप्रति कटुता यसका लक्ष्य बनेका छन् । धेरै कथाहरू प्रसाङ्गिक बनेर गाँसिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *