चम्किला चौध कोपिला शीर्षकको पुस्तक पढेँ धेरै खुसी लाग्यो जसमा चौध प्रतिभाका राय विचारहरू समेटिएका रहेछन् । यसभित्र पस्दा मेरो अनुभव यो रहेको छ कि विशेष प्रतिभाहरू गरिबीको कोखमा जन्मिदा रहेछन्, तर तिनीहरूले अवसर नपाएर दुःखसँग सङ्घर्ष गरिरहेका हुँदा रहेछन् ।
यस पुस्तकभित्र सङ्घर्षका कथा छन् । हृदयबाट उत्पन्न भएका मार्मिक भावना छन् । जीवनका अनेक चाहना छन् । तर ती सङ्घर्षको सफलतामा छन् । यस पुस्तकका अनेक पाना पल्टाउँदै गरे सबैका इच्छा आकाङ्क्षा क्रिया–प्रतिक्रिया प्रेरणा र प्रशंसाका थुगाँहरू पनि देखिए । यहाँका बाजहरूमध्ये कसैलाई तौलक दृष्टिले कम मान्न सकिन्न । सबै उत्तिकै फूल्ने प्रयासमा छन् । तर, कतिपय पक्ष ज्यादै मार्मिक लाग्यो जहाँ अपाङ्गताले गिराउन खोजेको छ । त्यसलाई चुनौती दिँदै सफलताको यात्रामा जीवन अगाडि बढेको छ ।
उन्नतिको शिखर चुम्ने प्रयास गरिरहेको छ । साधनाले सङ्घर्ष गर्ने प्रेरणा दिइरहेको छ । सङ्घर्षले उत्साहित बनाएको छ । जीवनप्रति प्यार छ । साधानाले प्रतिबद्ध भएर अटल विश्वास दिइरहेको छ । यस पुस्तकभित्र आर्थिक समस्याका गाँठाहरू कसले जीवनको घाँटी कसेका छन्, आर्थिक कठिनाइका कारणबाट मानिस पीडित हुनु परेको स्थिति यहाँ प्रकट गरिएको छ । विभिन्न प्रतिभाका विभिन्न आकाङ्क्षाहरू जसले यो पुस्तक पढ्छ जीवनको वास्तविक परिचय पाउँदै सफल जीवनका लागि प्राप्त गर्नुपर्ने प्रेरणा जसले उसको जीवनलाई समेत तिखार्ने अवसर पाउँछ । यदि कुनै बृद्ध व्यक्तिले यो पुस्तक पढ्यो भने त्यो मानवता सुकेको जीवनमा भावनाका स–साना मुल फुट्ने छन् र दयाको सहितको मानवताको महŒवबुझी मानिसलाई मानिसकै रूपमा बुझ्न सक्नेछ । यस पुस्तकमा अनुशासित जाँगरिला परिश्रमी मानिसहरू देखा पर्छन् । जसले अरूलाई हृदय बाँडेर मानवताको दुनियाँमा पस्न आदेश दिन्छन् । यस पुस्तकमा पढ्दाखेरि मैले अलिकति व्यङ्ग्यको नजानिदो रूपमा अचार चाखेँ र त्यस्ता मानिसहरू भेटेँ जो आफूलाई देश सञ्चालक हुँ भन्छन् । तर पीडा देख्न आँखा चिम्लिन्छन् यसका साथै टुप्पोबाट पलाएर आएका ठूला मानिसहरूको चित्रण गर्दै गरिबीको मार्मिक कथा यस पुस्तकमा चर्चा गरिएको छ । मलाई लाग्यो चौध कोपिला एउटै बगैँचाका फूल हुन् । जसमा १४ ओटा सौन्दर्य छन् । जसलाई एकत्रित गरेर एउटै सौन्दर्यको मूलो बनाइएको छ । जसमा अनेक रङ्ग छन् । अनेक रूप छन् । तसर्थ यो पुस्तक बालबालिकाहरूका लागि जीवन पढेर जीवन बनाउने प्रेरणा यसबाट लिन्छन् । सधैँ सामाजिक भावनाको विकासमा प्रेरणा थप्ने काम गरेको छ । छोटा–छोटा प्रश्न छोटा उत्तर तर वैचारिक स्तरियता मार्मिक हृदयस्पर्शी सरल भाषाशैली खोज मुलक विशेषता यस पुस्तकका विशेषता रहेका छन् ।
“उज्यालोको खोजीमा”
उज्यालोको खोजीमा शीर्षकको बाल नाटकको अध्ययन गर्दा मैले २०६४ सालको आन्दोलन र त्यससँग जोडिएका घटनाहरू मरण गरिरहेछु । जसमा तीन धार देखापरेका थिए । एक राजा, दुइ काङ्ग्रेस र संयुक्त बाममोर्चा, तीन संयुक्त राष्ट्रिय जनआन्दोलन, जस अन्तर्गत काङ्ग्रेस र वाममोर्चा राजा यी तीन पक्षले सम्झौता गरे । त्यतिखेरको त्रिपक्षिय धार अन्तर्गत वाममोर्चा काङ्ग्रेस र राजाको उद्देश्य एउटै थियो । संयुक्त राष्ट्रिय जनआन्दोलनको उद्देश्य अझै अगाडि जानुपर्छ । अधिकार पुगेन भन्ने थियो । त्यसैले मलाई एउटा गीतको पङ्क्ति याद आइरहेछ ।
(काङ्ग्रेस बाममोर्चा राजा सम्झौता धोका हो ।)
यस नाटकमा त्यही इतिहासलाई पुष्टि गरिएको छ । बाबु छोराको संवाद सिंहदरवार र रगतको प्रसङ्ग उठाइएको छ । हिजोदेखि आजसम्म बालअधिकार र जनअधिकारको कुरा धेरै भए तर ती पुरा हुन सकेका छैनन् । यसो हुनुको कारण नेतृत्वले जनतालाई अग्रगामी सोचका साथ चेतना अभिबृद्धि गर्न सहयोग नगरेको र बारम्बार धोका दिँदै आएको परिस्थिति यस नाटकभित्र राम्ररी चर्चा गरिएको छ ।
यस नाटकलाई नाटकीय तŒवका आधारमा हेर्दा नाटक भन्न नसक्ने स्थिति नरहेतापनि यसले उठाएको विषयवस्तु इतिहाससँग जोडिएर समय समयका घटनासँग गाँसिएर तिनको वास्तविक रूपलाई बालकको अधिकारसँग जोडिएको छ । सरल संवाद, सरल शैली, सरल भाषा सरलदेखि जटिलसम्मका प्रश्नहरू यस नाटकका संवादमा रहेका छन् । कतिपय पक्ष दुर्बल रहँदा रहनैपर्छ । इतिहास, बालअधिकार, सत्तासीनहरूको बहिरोपनप्रति गरिएको लाछना औधी सुन्दर छ । यसले अध्यारोभित्रबाट उज्यालोको खोजी व्यङ्ग्यको माध्यमबाट खोजेको छ ।